केही छैन असम्भव
जंगलको हरियालीले घेरिएको एउटा सुन्दर र शान्त गाउ थियो। गाउँमा धेरै
मान्छेहरूको बसोबास थियो, त्यसमध्धे राम र श्याम मिल्ने साथी
थियो। राम भन्ने ६ वर्षको थियो र श्याम चाहिँ १० वर्षको थियो।
एक
दिन राम र श्याम गाउँबाट टाढा जंगलतिर
घुम्न गए। उनीहरू जंगलको वरिपरि घुम्दै
थियो। हिँड्दा-हिँड्दै श्याम अचानक एउटा इनारमा ड्याम्म लड्यो। इनारमा पानी थियो।
श्यामलाई पौडी खेल्न आउँदैनथ्यो। पौडी खेल्न आए पनि इनारबाट बाहिर निस्कन असम्भव
थियो। श्याम डुबिरहेको थियो। त्यहाँ टाढा-टाढा सम्म कोही पनि थिएन। राम कसरी
श्यामलाई बचाउने भनेर सोच्दा उसको नहर डोरीले बाँधिएको बाल्टिनमा पर्यो। राम एक सेकेन्ड
पनि खेर नफालीकन त्यो बाल्टिन इनारमा फल्यो र श्यामलाई जोडले समात्न भन्यो। श्याम
डोरी समात्यो। रामले भरभरको पुरै आत्मबल लगाएर डोरीलाई तान्यो र श्यामलाई बाहिर
निकाल्यो। राम र श्याम एकैछिन लामो सास लिए। दुवै कपडा झिकिसकेको थियो। दुवै जना डराउँदै
थिए।
राम र श्याम गाउ गए। श्यामले
त्यो घटनाको बारेमा सबैलाई बतायो। सबै गाउँले त्यहाँ भेला भइसकेको थियो। जुन ६
वर्षको बच्चाले एक बाल्टिन पनि बोक्न सक्दैन, त्यो बच्चाले १० वर्षको फेटालाई कसरी बोक्न सक्छ भनेर कुरा
गर्दै सबै हाँस्न थाले। त्यहाँ
भएका बूढो विद्वान्हरू मध्ये, एउटा बूढो मान्छेलाई श्यामको कुरा पत्यायो। गाउँलेहरू
छक्क परे र भने, “काका! ६ वर्षको फेटाले
यस्तो कम कसरी गर्न सक्छ त् “। काका एकछिन शान्त हुनुभयो। सबै जना अलमल्लमा
परे। काकाले उत्तर दिनुभयो। काकाले भन्नुभयो
कि रामले यस्तो असम्भव कम गर्न सक्यो
किनभने त्यहाँ टाढा-टाढासम्म रामलाई यो भन्ने थिएन त् यो कम गर्न सक्दैनस्”।
काकाको कुराको उत्तरबाट सबै सन्तुष्ट भए।
रामले बहादुरीको कम गरेकोले सबै जना ताली बजाए।
https://123deepa.blogspot.com/2021/07/blog-post_13.html
ReplyDeletePost a Comment