Followers

वीर गोर्खाली(Bir Gorkhali)

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। नेपालमा एक पछि एक वीरहरूको जन्म भएको छ। नेपाल वीरहरूको देश भनेर पनि चिनिन्छ। नेपालका वीरहरूले नेपाललाई हरेक परिस्थितिबाट बचाएका थिए। वीर गोर्खाली भनेर चिनिने हाम्रा पुर्खाहरू विश्वभरि नै चर्चित थिए। अङ्ग्रेजहरूले विश्वका धेरै देशमा कब्जा गरिसकेको थियो तर नेपाललाई भने गर्न सकेन।

प्रिथिवी नारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, राजेन्द्र लक्ष्मी आदिका योगदानले हाम्रो नेपालमा आजसम्म कसैले विजय हासिल गर्न सकेन। हाम्रा पुर्खाहरू आफ्नो स्वाभिमानमा अडेका थिए। अङ्ग्रेजहरूले नेपालमाथि हमला गर्न योजना बनाई सक्दा नेपाललाई सावधान गर्न र पछि हट्ने पत्र पठाउँदा हाम्रा पुर्खाहरूले युद्धै गर्ने विचार गरे। गोर्खाली सैनिकको मात्र कम भएपनि उनीहरूको हिम्मतले उनलाई कसैले हराउन सक्दैनथ्यो। गोर्खालीहरू मर्न र मर्न तयार थिए। हाम्रा पुर्खाहरू आफ्ना देशका लागि जे पनि गर्न तयार थिए। उनीहरूको वीरता विश्वभरि फैलिएको छ।

­­त्यति बेला पुरै विश्वलाई कब्जा गर्ने हिट्लरले, “ यदि मसँग गोर्खाली सेना भए मैले पुरै विश्वलाई नै कब्जा गर्न सक्थे” भनेर भनेको थियो। उनले भनेको कुराबाट हामी गोर्खाली सेनाको साहस र युद्ध कौशलको बारेमा अनुमान मात्र लगाउन सक्छौं। एकजना गोर्खाली सेनाले १००-२०० सेनालाई मर्न सक्ने क्षमता राख्थे।

Tags:
1. Bir Gorkhali Essay Nibandh in Nepali
2. Essay on Bir Gorkhali in Nepali Language.
3. Bir Gurkhas Essay in Nepali
4. Bir Purkha Essay Nibandh Essay in Nepali

Post a Comment

Previous Post Next Post