Followers

पशुपतिनाथ मन्दिर

Image result for pashupati mandir
(कृपया माथि रहेको subscribe मा इमेलले subscribe गरी नया नया लेख पाउनुहोस ।

नेपालका बिभिन्न ठाउँमा अनेकौँ देवीदेवताका मन्दिरहरु छन्। नेपालका कतिपय ठाउँ त् देवीदेवताका मन्दिरकै कारणले नामी हुन् पुगेको छन्। यहाँ बिष्णु, शिव, राम, कृष्ण, गणेश, आदि हिन्दि देवीदेवता मदिरहरु यत्रतत्र छन्। यी देवीदेवतामध्ये भगवान शिवको मन्दिर भनेर चिनिने पशुपतिनाथको मदिर नेपालका प्रख्यात मदिरहरुमध्येको एउटा हो । यो पशुपतिनाथ मन्दिर नेपालको बागमती अंचलमा पर्ने काठमाडौँ उपत्यकाभित्रको काठमाडौँ सहरमा छ। यो मन्दिर काठमाडौँमा वहने बागमती नदी पश्चिम किनारमा रहेको छ। पशुपतिनाथको मन्दिरको पूर्वतर्फ ्धेरै मन्दिरहरु छन्।

पशुपतिनाथ मन्दिर निकै ठुलो छ।यस मन्दिरका वरिपरि अरु थुप्रै देवीदेवताका मदिरहरु पनि छन्। यस मन्दिरको आफ्नो छुटै आँगन छ। यस मन्दिरको आगंनभित्र छिर्ने मूल ढोका पश्चिम दिशामा छ। पशुपतिनाथको मन्दिरको आगनभित्र हिन्दुधर्म  मान्ने मानिसबाहेक अरु धर्म मनिसहरु छिर्न पाउँदैन। त्यसैले पशुपतिनाथको मन्दिर हिन्दु धर्मावलम्बीहरुले मात्र पुजा गर्न पाउने मन्दिर होइन। हिन्दुहरुका लागि यस मन्दिरको निकै ठुलो महिमा छ।पशपतिनाथको मन्दिरमा चारओटा ठुलो  ठोका छ। ती चारओटै ठोका चादीका हुन्। टि ठोकाहरुमा राम्रा-राम्रा बुटाहरू मिलाई-मिलाई कोपिएक छन्। यस मन्दिरका भित्ताहरु राम्रा मुर्ति र भिभिन्न किशिमका बुटाहरुले खुब सिंगारिएको छ। यसको गजुर सुनको छ। अनेकौ बुटाहरु ठाउँठाउँमा  कुदेर प्यागोडा शैलीमा निर्माण गरिएको यो पशुपतिनाथको मन्दिर बिछटै राम्रो देखिन्छ।

पशुपतिनाथको मन्दिर नेपाली हिन्दुहरुको लागि मात्र होइन, विश्वभरिकै हिन्दुहरुको लागि पुण्य तिर्थ मानिएको छ। यो मन्दिर हाम्रो देशमा मात्र नभएर विश्वमानै प्रख्यात छ। यो मन्दिरले विश्वमा हाम्रो देशको नाम चलाउने  कम पनि  गरेको छ। यो मन्दिर वास्तुकलाको एक उत्कृष्ट  नमुनाका रुपमा पनि देखा पर्छ। बाहिरबाट झट्ट हेर्दा यो मन्दिर बिछटै राम्रो देखिन्छ। यस मन्दिरको बाहिर सौन्दर्यले बिदेशी प्रयटकलाई खुबी आकर्षित गरेको पाइन्छ, यस मन्दिरलाई टाडैबाट मनग्यै भेटिन्छन्। टाडा भएपनि यस मन्दिरको आवलोकन गर्ने बिदेशी प्रयटकहरु यसलाई देखेर खुशी पर्दछन। यो मन्दिर धार्मिक दृष्टिले मात्र नभई कलात्मक सुन्दरताका दृष्टिले पनि दर्शनीय स्थलबन्न पुगेको  छ। त्यसैले यस मन्दिरको महिमा र नाम ठुलो छ।


यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।

2 Comments

  1. मदिरहरु hoina मन्दिर ho

    ReplyDelete
    Replies
    1. Sorry. I will change it. Thanks for your suggestions.

      Delete

Post a Comment

Previous Post Next Post