Followers

मेरो देश नेपाल(My Country Nepal)


हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो प्राकृतिक दृश्यले एकदमै सुन्दर र पवित्र छ । पूर्व मेची र पश्चिममा कालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृङ्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन् । यस देशको चार किल्लाभित्र प्रकृति रमाउँदै नाचेकी छिन् ।

सूर्यका सुनौलो र सुकुमोल किरणहरु जब हिमाललाई स्पर्श गर्दै आउँछन् । अनि मेरो देशमा उज्यालो देखिन्छ । रहस्यको सखर मेरो देश अनेकता भित्र एकता भएको देश हो विश्वभरिकै प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर भगवान्ले यसै मुलुकमा खन्याएकी छिन् । “चार जात छतिस वर्णको फूलबारी” का रुपमा रहेको मेरो देशभित्र अनेक जातजाति छन् ।

    शेर्पा नाच, गुरुङको रोदी, लिम्बुको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग–अलग संस्कृति र जातिको परम्परा छन् । तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगीबिरंगी फूलहरुका बीचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा राम्री सौन्दर्य ज्योतिको प्रस्तुती भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्धका भक्तहरु पशुपतिका दर्शनको लागि छट्पटिरहेका र पशुपतिका भक्तहरु गुम्बा दर्शनको लागि यति स्वच्छ भूमिभित्र पशुपतिनाथ र स्वयम्भूले रत्नपार्कको मस्जिदसँग डाह गर्दैनन् । गिरिजाघरको विरुद्ध लडाई गरेका छैनन् । यसरी धार्मिक सहिष्ण्ुताको मूल फुटेको देश हो मेरो देश । हाम्रो देश नेपालमा सबै बिच घनिष्ट सम्बन्ध रहेको छ । यसले हाम्रो देशलाई अरु भन्दा फरक र राम्रो बनाएको छ । सबैका बिचमा हुने सहिष्णुताको भावनाले हाम्रो देशमा एकअर्कालाई हेप्ने, इर्श्या र डाहा गर्ने, धर्म र संस्कृतिमा बेदभाव गर्ने जस्ता काम हुदैनन्।

    नेपालमा कलकल बग्ने खोला र छंगछंग गर्ने झरनाको आवाजमा चराचुरुङ्गी चिरबिर स्वरको मिश्रणले एउटा राम्रो ध्वनी निस्किन्छ अनि त्यसबाट नसोचेको आनन्दको प्राप्त हुन्छ । मानिस जब प्रकृतिको यस्तो रमणीय ठाउँमा आफु भएको देख्छ तब उसलाई केही कुराको मोह, स्वार्थ रहदैन ।

    यहाँ जब खोलाको पवित्र पानीको स्पर्श हाम्रो जिउसंग हुन्छ तब एक प्रकारको आनन्द महसुस हुन्छ। त्यो आनन्द र त्यस्ता पलहरु हामी विश्वमा कतै पनि भेटाउन सक्दैनौ। त्यसैले त रम्घाको पाखामा भानु उदाउँछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुनगुनाउँछन्, अर्घौ अर्चले लेखनाथ जन्माउँछ, औँसीका काली रातमा पनि भोसिको टोलमा मोती चम्कन्छन् । प्रकृतिको वातावरणले सिंगारिएका पहाडको स्वच्छ हावा र चिसो पानीले राता राता गाला भएका पहाडीहरु जब मुस्कुराउँछन् अनि त मोनालिसाको सौन्दर्य पनि पानी बन्छ ।
   
Tags:
Essay on mero desh Nepal in nepali language 
 मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा 
Essay in nepali about my country
Essay on nepal in nepali Essay in nepali
Mero Desh Nepal Essay in Nepali
Nepal essay in Nepali
(pic of beautiful place in Nepal) Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali
mero desh mero gaurav nibandh/essay in nepali language
essay on mero desh mero gaurav in nepali

10 Comments

  1. निकै सन्देशमूलक र सुन्दर लेख छ।

    ReplyDelete
  2. Wow kasto sandharvik ho yo lekhaye❤ . I really love it❤

    ReplyDelete
  3. Thanks a lot for this it help me a lot in my assignment. Can you provide nibandha on "Mero kalpanako Nepal "

    ReplyDelete
  4. Thanks for examination

    ReplyDelete

Post a Comment

Previous Post Next Post