Followers

                    वनस्खण्डी माताको अस्तित्व जोखिममा


हेटौँडा सहर नाम सुन्ने बित्तिकै नेपालको स्वच्छ सहर मध्ये पहिलो दोस्रो स्थानमा आउँछ। हरेक सुख र सुविधाले भरिपूर्ण हेटौँडा सहर मानिसको बसोबासको जिल्लामा  सर्वोत्तम सहर मानिन्छ । चारैतिर पहाडले घेराको, बीचमा बग्ने राप्ती नदीको मानोस् दृश्यले हेटौँडा सहरको सुन्दरतामा अझ मिठास थप्ने कम गरेको छ। नारायणी अञ्चल, मकवानपुर अवस्थित हेटौँडा नेपालको दोस्रो राजधानी बन्न लायक सहर हो। सामग्री उत्पादन लागि उधोग कारखानाले हेटौँडा सहर भरिपूर्ण छ, बजार सुव्यवस्थित छ, सडक व्यवस्थापनि समेत उत्कृष्ट रहेको पाइन्छ। शिक्षाको लागि पनि महत्त्वपूर्ण मानिने हेटौँडामा विद्यालय स्तरदेखि उच्च तहका शिक्षा आर्जन गर्न समेत विभिन्न जिल्लाका विद्यार्थीहरू अध्ययनका लागि आउने गर्छन्। त्यस्तै बिशेषताले भरिपूर्ण यो सहर धार्मिक स्थलका रूपमा समेत चर्चित छ। ठूलो ठूलो धार्मिक स्थलका स-साना शाखाका रूपमा रहेको विभिन्न मन्दिरहरू यहाँ पर्दछ। मनकामना, पशुपति, भुटन देवी, पाथिभरा, त्रिवानी, मुक्तिनाथ र वनस्खण्डी यस सहरका प्रसिद्ध नदीहरू हुन्। यस्ता मन्दिरहरूमा भजनहरू विभिन्न आस्था र सद्भाव बोकेर दर्शन गर्न जाने गर्छन्। यस्तै बीच अगाडी आजको समय व वर्तन समयमा यस्ता धार्मिक सतहमा धर्मकर्मको रूपमा भन्दा माया प्रेम गर्ने व्यक्ति भ्रमण गर्ने स्थान र अनैतिक कार्य गर्ने स्थान रूपमा चर्चा हुने गरेको पाइन्छ। आज म यस्तै मन्दिरहरू मध्ये हेटौँडाको प्रसिद्ध मन्दिर मानिने वनस्खण्डी देवीमा विकृति फैलिदैं छ भने देवीको अस्तित्व गुम्दै आएको छ।

वनस्खण्डी मन्दिर हेटौँडा। २ मा अवस्थित रहेको छ। आस्था र विश्वासले भरिपूर्ण यस देवीको मन्दिरमा हरेक दिन थुप्रे भक्त जनहरू पुञ्ज आर्जन गने आउने गर्छन्। पहाडको फेदीमा रहेको यस मन्दिर वरिपरि जङ्गलले घेरेको छ। जंगमको सौन्दर्य वातावरण रहेको यस मन्दिर परिसरमा वनस्खण्डी देवीको, शिवको, गणेशको, कृष्ण लगायत अन्य थुप्रे देवी देवताहरूको मूर्ति अवस्थित छ। यस मन्दिरमा विवाह, व्रतबन्ध सबै कार्यले यस मन्दिरको महिमा गान हेटौँडा भित्र मात्र नभएर बाहिर समेत चर्चा पाइ सकेको छ।

तर वर्तमानमा समयमा भित्रिएको पश्चिम सभ्यताको वरदान भनौं व श्राप जसले नेपाली सभ्यतालाई समेत नराम्रोसंग गोडिसकेको पाइन्छ। हरेक मानिसले जीवनमा विवाह अगावै होस् व विवाह पछि कसैले कसैसँग माया प्रेमको बन्धनमा बाँधिनु पर्ने हुन्छ। तर आजकलको मायाले बेग्लै यूप लिएको पाइन्छ। उम्रिदैको तिन पात भने झैँ आजका सोच र विचार गर्न सक्ने क्षमतासम्म नभएका स-साना १०-१२ वर्षका बालबालिका देखि किशोरस्तर पर गरिसकेको युवा-युवती हरेक माया प्रेम मनभित्र नभएर बाहिरी संसारलाई देखाएमा मात्र माया प्रेम हुने दृष्टिकोण  भरिएको छ। यस्तै माया प्रेमले  भ्रमण गर्ने स्थानको रूपमा हिजोको पवित्र मन्दिर मानिएको वनस्खण्डीको धर्म र आस्थाको अस्मिता गुमाउँदै गएको  देखिन्छ। भक्तजनहरुले आस्था र विश्वासले घुइँदो लाग्ने यस मन्दिरमा आजकल मानिसका अपवित्र प्रेमले घृणित बन्दै गएको छ। ६,७ कक्षा पढ्ने बालबालिकाको मनभित्र पालेको अबुझ प्रेमले वनस्खण्डी परिसरको कुनै एक भाग ओगटेको हुन्छ भने १०-१२ कक्षा अध्ययन गर्ने विद्यार्थी अलग स्थान भने विवाह भइसकेको नव जोडीको एक अलग स्थान हुन्छ। आजकल भक्त जनको स्थान अपवित्र प्रेमले ओगटेको छ। आस्था र विश्वासका साथ पवित्र मन्दिरमा पुञ्ज गर्न आउने भक्त जनहरू दिन दिने घट्दै गइरहेका छन्। मन्दिर प्रतिको  पवित्रतामा आस आउँदै  हुन् भने विकृति दिन प्रति दिन बढ्दै मात्रामा फैलिएको छ।

यस्तो आस्था र विश्वासको प्रतिमूर्ति जहाँ ईश्वरको वास हुन्छ त्यस्तो पवित्र स्थान मठ मन्दिर जस्ता स्थानको पवित्रता बनाइ राख्नु हाम्रो कर्तव्य हो। धर्म र संसृतिको धनी देश हाम्रो नेपालमा यस्ता अनैतिक क्रियाकलापले हाम्रा पवित्र स्थान मठ, मन्दिर, स्तूपका जस्ता ठाउँमा प्रवेश गर्न रोक लगायौ भने मात्र हाम्रो देशको सहन जो संस्कृति, धर्म र परम्पराले नेपाल चिनिएको छ, त्यसलाई अझ उच्च बनाउन हामी नेपाली एक जुट भएर लाग्नुपर्छ, आफ्नो मन भित्रको पवित्रता साथसाथै देशको पवित्रतालाई पनि जोगाउनुपर्छ।

Please Follow our websites! Sahayog Garnuhos !!!

Post a Comment

Previous Post Next Post