Followers

मेरो बाल्यकाल

आजभन्दा करिब सोह्र वर्षअगि नेपालको पूर्वी तराई छेत्रमा रहेको एउटा ज्यादै रमाइलो गाउँको शान्त वातावरणलाई भङ्ग गर्दै म पहिलो पटक चिच्याएको थिए। कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिका सुनसान अँधेरी रातमा घन्किएको मेरो चिच्याहाट सुनेर छिमेकीहरूलाई साथ दिइरहेकी एकछिनका लागि बेपत्ता भएकी थिइन। मेरो घरमा त् झन् कसैलाई निन्द्रा पर्ने कुरै थिएन। त्यस बेला बत्तीको उज्यालोले घर झलमल चम्किरहेका असङ्ख्या  ताराहरू निस्पट्ट अँध्यारोलाई छिचोलेर घरको झ्यालबाट एसो कोमल अनुहार चिच्याएर हेर्ने तँछड-मछाड गरिरहेका थिए। दसैँले बिदा लिइ सकेको भए पनि तिहार भने सबैका घर दैलोमा आउन तर्खर गरिरहेको थियो। आँगनमा ढकमक्क फुलेको मखमली र सयपत्री फूलहरूले मेरो  भव्य स्वागत गरिरहेको थिए। घर वरिपरि खेतमा धनका हरियो बुटाबतीहरु हावाको हलुको स्पर्श पाएर मेरो आगमकन खुसीयालीमा छमछमती नाचिरहेको थिए। सिङ्गो प्रकृति नै मेरो स्वागत गर्न तम्तयार त्यही बेला नै थियो। 

म जन्मदा घरका सबै जना खुसीले ढङ्ग हुनुहुन्थ्यो रे! उहाँहरुका लागि मा घरको जगमगाउँदा बत्ती थिए, कुलको  धरोहरू थिए। म उहाँहरुका आँखा नानी थिए। उहाँहरुले प्रशस्त माया ममाथी खन्याउनुभएको थियो। उहाँहरुको मायाको सागरमा डुबुल्की मार्दा मलाई स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो। घरका सबै  आत्यधिक लाड प्यार पाएर म चाडै नै तङ्ग्रिन थाले अनि सबैका काख काखमा खेल्दै-रमाउँदै टुकुटुकु हिँड्न सक्ने भए। आँगनमा खेल्दा खेल्दै म गाउँका आफ्नै उमेरका साथीहरूसँग घुलमिल हुन् थालेँ र मेरो क्रिडीस्थल फराकिलो हुँदै गयो।

मैले जीवनको चौथो वसन्त पर गर्नेबित्तिकै बुबाले मलाई नजिकेको विद्यालय भर्ना गरि दिनुभयो। म अथाह ज्ञान-आर्जन गर्ने अभिलाषा बोकेर विद्यालय धाउन लागे। मेरा दिनहरू विद्यालय जादा-आउदैमा बित्न थाले।  बिदाका दिन म गाउँले साथीहरूसँग नजिकेको जंगलमा घुमफिर गर्ने जान्थे। हामीहरु विभिन्न किसिमका मीठा-मीठा जिब्रे लट्याउने जंगली फलफूलहरू खानका लागि नै जंगल  पस्थ्यौ। मलाई जंगलमा पाइने कुसुम, जामुन, फँडिर, स्यालफुस्रे र खजूर निकै मीठो लाग्थे। म जंगलबाट यी फलफूलहरू घरमा ल्याउथे अनि भोलिपल्ट बिद्यालय लिएर जान्थे र आफ्ना साथीहरूलाई दिन्थे। मलाई कक्षाका  साथीहरू निकै  मन पराउथे। मलाई विद्यालय जान कहिल्यै अल्छी लागेन। म  रमाइलो विद्यालय जाने-आउने गर्थे। पढाइ सुरु गरेपछि मैले आफ्नो खेल्ने समयमा कटौती गरी त्यसलाई पदाइमै  लगानी गरे।

म सानेदेखि अलीन गम्भीर स्वभावको थिए। मलाई नचाहिँदो कुरामा अड्को तोपेर घरमा कोलाहल मचाउन पटक्ककै मन लाग्दैनथ्यो। म आफूभन्दा ठूलालाई  आदर गर्थे र उहाहरुलाई अह्राएको  कम नअनकनाएका खुरुखुरु गरि दिन्थे ।आफूले सक्ने कम गर्न म  झन्झट मान्दैनथे । मेरो यस्तो बानीबेहोरबाट घरका सबै जना  प्रसन्न हुनुहुन्थ्यो। म खानेकुरोमा पनि अनावश्यक झगडा गर्दिनथें। आमाले जे जस्तो खान दिनुहुन्थ्यो म त्यही खाइ दिन्थे, तर दुधदही भनेपछि चाहिँ म अनिल लोभिथें। भान्सामा खान खान बस्दा मेरो दुवै आँखा चूलमा तताइराखेको दूधमा गोदिन्थें। दूध खान मन लाग्दा म आमासँग माग्थे तर छोएर खन्नथे।
 उहाहरुले मेरा लागि किनि दिएको कुनै पनि चिज मन परेँ भनेर मैले खिचखिच गरिन्, बिनासित्तैमा रडाको मच्चाइन अनि नराम्रो भनेर नाम खुम्चिइन। मेरो बुबा आमाको मायाको छहारीमा मेरो बाल्यकाल खुबी रमाइलो भएर बित्यो।

   मानिसको जीवनमा सबैभन्दा सुखको क्षण यसको बाल्यकाल नै रहेछ भन्ने कुरा मैले अहिले आएर थाहा पाए। सानो छदाँ सबैको मायामा  लुटपुटिन पाइने अनि व्यवहारिक झमेलामा फस्नु हुँदा त्यस बेला सबैको जीवन तनाव मुक्त हुँदो रहेछ। मेरो बाल्यकाल ज्यादै सुखसँग बितेकोले माली सबैको बाल्यकाल सुखमै हुन्छ होला भन्ने लागेको छ। त्यसैले आज भोलि म घरीघरी आफ्नो बाल्यकालको मीठो सम्झना गरेर मन बहलाउने गर्दछ। कहिलेकाहीँ त् मलाई फेरी बाल्यावस्थामै  फर्कू कि जस्तो लगेर आउँछ।

Tags:
1. Balyakal Nibandh/Essay in Nepali Language.
2. Balyakal nibandh in Nepali
3. Essay on Balyakal in nepali
4. Essay on Childhood in Nepali Language

5 Comments

Post a Comment

Previous Post Next Post