Followers

अनुशासनको महत्त्व


'अनुशासन' ;शासन' शब्दका अगिल्तिर 'अनु' उपसर्ग लागि बनेको शब्द हो। 'अनुशासन' शब्दले 'सामाजिक, नैतिक, धार्मिक, राजनैतिक आदि नियम-नियमावलीको मर्यादा र सो मर्यादाभित्र रहने कम भन्ने अर्थ बुझाउँछ. यसले 'आदर्श आचरण र त्यसको पालना गर्ने कम ' भन्ने अर्थ पनि व्यक्त गर्दछ। वास्तवमा अनुशासन भनेको मानवजातिको सर्वोत्तम गुण ह। अनुशासित पनि बन्न पुग्दछ. यस्ता व्यक्तिलाई सबैले मन पराउँछन्।

अनुशासन भनेको नियमपालन हो। प्रकृतिले पनि नियमको  पालन गरेको पाइन्छ। पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन  र रातको प्रक्रिया चालू भाइरहन्छ। विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ। गर्मी र जाडो मौसम पनि नियमनुसार नै आउँछन्। त्यसै गरी हावा, बादल, पहाड, आगो, रुख आदि सबै आ-आफ्ना नियामअनुसार चलेका हुन्छन्।प्रकृतिको यस प्रकारको अनुशासनकै आडमा मानवजीवन पनि अडेको छ। यदि प्रकृति अनुशासनमा रहेन भने मानवजीवनको अस्तित्व नै सन्कटमा पर्दछ. प्रकृतिमा पाइने यस्तो अनुशासन मानिसका लागि प्रेरणादायी बनेको छ।

अनुशासन मानिसका लागि अति आवश्यक छ। अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। यस्तो व्यक्ति सबैका नजरमा आसल ठहरिन्छ. अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ एउटा घरपरिवारम बाबु, आमा, छोरा, छोरी, दाजु, भाई  आदि सबैले एक-अर्कालाई आदर र माया गर्नुपर्छ। समाजमा बसेपछि एक-अर्काको कदर गर्ने, सामाजिक नीतिनियमको पालना गर्ने, दुख परेको बेलामा एकले अर्कालाई सक्दो सहयोग गर्ने अनि कसैप्रति भेदभाव नगर्ने जस्ता आदर्श आचरण अनुशासनकै घेराभित्र पर्दछन्. आफूले मान्ने गरेको धर्मक नीतिनियमको पालना गर्नू हरेक व्यक्तिको मुख्य कर्तब्य हुदैँ हो. त्यसै गरी संस्कृतिक मूल्य र मान्यताका अनुसरण पनि सबैले गर्नुपर्दछ. राजनीतिक क्षेत्रम त् झन् अनुशासन हुनु अपरिहार्य छ. राजनीति गर्नेहरु अनुशासनहीन भए पनि त्यसको असर सिङ्गो राष्ट्रलाई पर्दछ, संपुर्ण जनतालाई पर्दछ. वित्तीय क्षेत्रम अनुशासन भएन भने कुनै राष्ट्र, समाज तथा व्यक्तिको उन्नति नहुने भएकाले यस क्षेत्रमा पनि अनुशासनको महत्त्व टडकारो रुपमा खट्किन्छ. त्यसै गरी सरकारी तथा गैरसरकारी कार्यालय, प्रहरीसेवा र सेनामा त् अनुशासन नभई हुँदैन. तसैले यी क्षेत्रमा अनुशासनको  कडाइक साथ पालना गरिन्छ. यी विभिन्न क्षेत्रमा अनुशासनको पालना नहुने हो भने स्थिति डरलाग्दो गम्भीर हुन् गई मानवजीवन नै अस्तव्यस्त बन्न पुग्दछ.

बिद्यार्थी जीवनमा अनुशासनको ज्यादै महत्त्व रहन्छ. अनुशासनईन बिद्यार्थीको पढाइ राम्रो हुन् सक्दैन भने अनुशासित बिद्यार्थीले पढाइमा अल्लेख्नीय सफलता हासिल गर्न सक्दछ. बिद्यालयका नियमको अक्षरश: पालना गर्ने, शिक्षकको सान गर्ने र तिनले पढाएको-सिकाएको कुरा ध्यम दिएर अध्ययन गर्ने विद्यार्थी पछि गएर असल नागरिक बन्दछ र उसको भविष्य पनि उज्जवल बन्दछ। बिहानले दिनको संकेत गर्छ भनेझैँ विद्यार्थी जीवनले मानिसको भविष्य राम्रो वा नराम्रो के हुने भन्ने कुराको संकेत गर्दछ। त्यसैलेहरेक विद्यार्थी  आफ्नो भविष्य राम्रो होस् भन्नाक लागि अनुशासित भएर पढ्नुपर्छ। अनुशासनहीण विद्यार्थी उद्दण्डत, अराजकता, र विक्र्तिको बाटो तिर लाग्दछ.यस्ता विद्यार्थी भविष्यमा निकै पछुताउनुपर्दछ।

अनुशासनको पालना आफूभित्रैबाट हुनुपर्दछ. सबैले सचेत भई सामाजिक नीति-नियमका घेराभित्र रहेर कम गर्नु उचित हुच्न्हा।  आफू अनुशासनमा रहने मानिसले नै अरुलाई पनि अनुशासनको पाठ पढाउन सक्छ। जुन व्यक्ति  अनुसासित छैन त्यसले अरु कसैले पनि अनुशासित बनाउन सक्तैन। त्यसै गरी कसैले दण्ड, डर र धाम्कीबाट अरुलाई अनुशासन सृजना गरी कायम गरिने अनुशासन क्षणिक हुन्छ,  त्यस्तो अनुशासन सधैँ टिकीरहँदैन। सबैले पहिले आफै अनुशासनमा बस्नु जरुरि छ. यस अर्थमा आत्माअनुशासन नै  अनुशासनको पहिलो शर्त हो।

अनुशासनमा नरहने मानिस लगामविनाको घोडाजस्तै हुन्छ. उसले जीवनमा केही गर्न सक्तैन।उसको जीवन जोखिमपूर्ण पनि हुन्छ। तर अनुशासनको बाटोमा हिँड्ने मानिसले जीवनमा सफलताको शिखर छुन सक्तछ।अनुशासनले व्यक्तिलाई मात्र नभई परिवार, समाज, राष्ट्र र विश्वलाई समेत शिष्ट, सभ्य र सुसंस्कृत बनाउँछ। अनुशासनको पालनाबाट सबैको भलाइ हुने कुरामा दुई मत छैन।

यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Tags:
1. anushasan essay in nepali language
2. Anushasan ko mahatwa essay nibandh in Nepali Language.
3. Essay on anushasan in Nepali Language.
4. Anushasanko mahatwa
5. Anushasan nibandh in Nepali

31 Comments

  1. धेरै राम्रो छ बाबु

    ReplyDelete
  2. Hi its is a good essay ramro xa एसरी नै गर। धन्यवाद!

    ReplyDelete
  3. brother can i get your phone no. or email address.

    ReplyDelete
  4. wow its too good now i can tell to my teacher

    ReplyDelete
  5. मलाई विद्यार्थी जिवन मा अनुसासन को महत्तोको निबन्ध चाहिएको थियो छ होला

    ReplyDelete
    Replies
    1. https://nepaliessaybook.blogspot.com/2019/01/blog-post_5.html

      Delete
  6. Really good essay its very helpful

    ReplyDelete
  7. Thank you you suppose me in speech competition

    ReplyDelete
  8. This is really great information. I have visited so many blogs however, I found the most relevant info here. I have subscribed to your blog, keep continue posting information here

    ReplyDelete
  9. malai nepali sena ma anushasanko mahatwa chahiyeko thiyo pauna sakxu hola

    ReplyDelete

Post a Comment

Previous Post Next Post