Followers

तिहार

Tihar Nibandh/Essay in Nepali Language
तिहार हाम्रा चाडहरू मध्येको एक महत्त्वपूर्ण चाड हो। यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुकला दित्तीयसम्मका दिनसम्म मनाइन्छ। यी पाँच दिनमा काग-तिहार, कुकुर-तिहार, गाइ-तिहार, गोरु-तिहार, र भाइ-तिहार गरी जम्मा पाँच तिहार चिनिन्छ। नेपाल चाडलाई यमपञ्चकदीपावली का रूपमा पनि चिनिन्छ। नेपाल अधिराज्य भरका हिन्दूहरूले यो चाड धूमधामसँग मनाउँछन्। नेपालबाहिर बस्ने हिन्दू नेपालीहरू पनि यस चाडलाई उतिकै महत्त्व दिई मनाउँछन्।

तिहारको पहिलो दिनलाई काग-तिहार भनिन्छ। यो कुकुर-तिहार कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि परेको दिन पर्दछ। यस दिन मीठा-मीठा खाने कुरा दिई मल लगाई सिँगारपटार गरी कुकुरको पूजा गरिन्छ। घरपालुवा जनावरका रूपमा रहेको र घरकै रखवारी गर्न पालिने कुकुरलाई कालका देवता यमराजको दूतका रूपमा मणि पूजा गर्ने प्रथा हाम्रो समाजमा उहिलेदेखि  चली आएको प्रथा हो। वर्षमा एक दिन कुकुरको पूजा गर्दा पनि एक किसिमको रमाइलै हुन्छ।
तिहारको तेस्रो दिनलाई गाई-तिहार भनिन्छ। यो चाड लक्ष्मीपूजाका नामले पनि निकै प्रसिद्ध छ। कार्तिक महिना कृष्ण पक्षको औँसीका दिन यो चाड मनाइन्छ। यस दिन गाई र धनको पूजा गर्ने गरिन्छ। उस दिन बिहान गएको पूजा गरिन्छ अनि राति घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। गाई हाम्रो राष्ट्रिय जनावर हो र उसलाई हिन्दूहरू लक्ष्मीका रूपमा पनि मान्दछ। त्यसैले यस दिन गाईलाई फुलको मल लगाएर थरथरीका मीठा मीठा खाने कुरा खान दिई गाई पूजा गरिन्छ।

त्यसै गरी यस दिन राति घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको श्रद्धा भक्ततापूर्वक पूजा गर्ने प्रचलन हाम्रो हिन्दू समाजमा छ। धनकी देवी लक्ष्मीले कृपा गरिन् भने भइन्छ भन्ने विश्वास सबै हिन्दूहरूमा रहेको छ। यस दिन लक्ष्मीलाई खुसी पार्न सकियो भने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास पनि सबै हिन्दूहरूमा रहेको पाइन्छ। त्यसैले यस दिन घरमा भए जति रुपैयाँ-पैसा र गर-गहनाहरू एकै ठाउँमा भेला पारी कलश पनि राखेर लक्ष्मीको पूजा गरिन्छ। यस दिन साँझपाखदेखि नै घर, गोठ, जताततै बत्ती बालेर झिलिमिली परीले हुनाले यस दिनलाई तिहारको महत्त्वपूर्ण दिन मानिन्छ। यसै दिन दीपावलीको झिलिमिली सबैतिर परिने हुँदा नै तिहार चाडलाई ‘दीपावली समेत भन्ने गरिएको हो। यस दिन प्राय: घरघरमा सेल तथा अन्य मीठा-मीठा परिकारहरू पकाई   खाने प्रचलन नेपालीहरूमा चलेको छ। साँझदेखि नै सबै दिन केटीहरू घरघर गाई भैलो खेल्ने गर्दछ। अनि भैलो खेलबापत घनमूलले श्रद्धाले दिएका सेल,  रुपैयाँ आदि लिई उनीहरू रमाउँछन्। लक्ष्मीपूजाकै दिन नेपाली भाषा र साहित्यका शिखर पुरुष लक्ष्मी प्रसाद देवकोटाको पनि जन्मजयन्ती पर्ने भएकोले यस दिन वा यसकै वरपरका दिनमा हाम्रो देश भर विभिन्न कार्यक्रमहरूको आयोजन गरी देवकोटाको जन्म जयन्ती मनाउने गरिन्छ। यसैले जहाँ धार्मिक-संस्कृतिक दृष्टिले यो लक्ष्मीपूजा हाम्रो समाजमा महत्त्वपूर्ण रहेको छ त्यहीँ यही दिन नै हाम्रो साहित्यिक महोत्सव पनि मनाउनुपर्ने दिन बन्ने पुगेको छ। धनकी देवी लक्ष्मी प्रति र सरस्वतीका वरद पुत्र लक्ष्मीप्रसादप्रति श्रद्धा व्यक्ति गरिने  यो दिन नेपालीहरूका लागि सोच्दै महत्त्वपूर्ण।

तिहारको  चौथो दिनलाई गोरु-तिहारका रूपमा मनाइन्छ। यो तिहार कार्तिक महिनाको  शुल्क पक्षको प्रतिपद  तिथिमा पर्दछ। यस दिन गोवर्धन पूजा र गोरुको पूजा गरिन्छ। यस दिनलाई हाल तिहार पनि भनिन्छ। उस दिन खस गरी गाई-गोरुका गोबरबाट पहाड जस्तो बनाई त्यसैलाई  गोवर्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ। त्यसै गरी यस दिन गोरुको पूजा गर्ने चलन छ। कृषिप्रधान देश नेपालमा खेतीपाती गर्ने नभई नहुने गोरुको वर्ष भरमा आउने यस दिनमा जुन पूजा गरिन्छ त्यो पनि हाम्रो हिन्दू समाजको एक रमाइलाई पक्ष हो। यस दिन गोरुका अतिरिक्त खेतीपातीका लागि नभई नहुने हलो, जुवा आदि जस्ता साधनहरूको पनि पूजा गर्ने प्रचलन छ। हरुवालाई पनि यस दिन नया लुगा, रुपैयाँ, धन, चामल आदि दिने  गरिन्छ। त्यसै गरी  केटोहरूले घरघर गाई देउसी खेल्ने दिन पनि यही हो। हिजोआज विभिन्न सामाजिक कार्यका लागि खर्च जुटाउने उद्देश्य लिएर पनि केटोहरूले देउसी खेल्ने गर्दछ। गाउ-सहर जहाँ पनि बडो उत्सुकताका साथ देउसी खेलेर यो दिन भव्यताका साथ मनाइन्छ। काठमाडौं उपत्यकाको नेवार समुदायमा यसै दिन आफ्नो सुखी जीवनका लागि मह: पूजा गर्ने चलन छ अनि यसै दिन नेपाल संवतअनुसारको वर्ष पनि धूमधामकन साथ मनाइन्छ।

तिहार पाँचौं वा अन्तिम दिन भाइ-तिहारका रूपमा प्रसिद्ध छ। कार्तिक महिनाको शुल्क पक्षको दोस्रो दिन यो चाड पर्दछ। यो चाड दिदी-बहिनी दाजुभाइले टीका लगाएर पुज्ने र सेल, मिठाई आदि परिकार खान दिन अनि दाजुभाइले दिदी बहिनी दक्षिण, उपहार आदि दिने रमाइलो दिन हो। यस दिनलाई ‘भाइटीका’ पनि भनिन्छ। यसै दिन कालका देवता यमराज पनि आफ्नी बहिनी यमुना कहाँ टीका लगुना जाने कथा हिन्दू पुराणमा उल्लेख गरिएको छ। यस दिन दिदी-बहिनीले दाजु-भाइ निधारमा चामलको पीठो दली त्यसमाथी सप्तरंगी टीका लगाई सयपत्री र मखमली फुलो मल गहिर्याई कपालमा तेल हालेर अनि मीठो-मीठो खानेकुरो खान दिई आ आफ्ना दाजुभाइको दीर्घायु र निरोगिताको कामना गर्दछ।  दाजुभाइले पनि  दिदी बहिनीलाई दक्षिण तथा सौगातहरू दिई खुसी पर्छन्। यस दिले  दाजुभाइ तथा दिदी बहिनीको बीचको सम्बन्धलाई  निकै गहिरो तुल्याइ दिन्छ। त्यसैले यो दिन तिहार चाडको निकै महत्त्वपूर्ण दिन  हो। तिहार हिन्दूहरूको  निकै रमाइलो चाड हो। तिहार हिन्दूहरूको निकै रमाइलो चाड हो। यस चाडमा थरथरीका रमाइला कार्यक्रमहरू पनि मनाइन्छन्।

यस चाडमा खस गरी पटका पड्काएर अनि आतसबाजी गरेर मनोरञ्जन लिने चलन निकै बढ्दो छ; तर यसबाट मानिसको अंगभंग हुनका साथै ज्यान जाने खतरा पनि उतिकै रहन्छ। त्यसै गरी यस चाडमा  खेलिने भैलो र देउसीलाई पैसा कमाउन मध्यम बनाउने दुष्प्रवृत्ति पनि बढ्दो छ। यस्ता नराम्रा कामहरू गर्दा कहिलेकहीँ एक-अर्कामा झाँगड पनि हुने गरेको  स्थिति केही वर्ष यता  देखिदैं छ। त्यस्तै यस चाडमा कसै-कसैले धेरै रुपैयाँ खर्च गरी ज्यादै तडकभडक पनि देखाउँछन्। “घाटी हेरी हद निल्नुपर्दछ” भजनेझैं सबैले  आफ्नो औकातले भ्याएअनुसार नै खर्च गरी यस्ता चाडबाडहरू मनाउनुपर्छ।

तिहार नेपालीहरूको ज्यादै रमाइलो र महत्त्वपूर्ण चाड हो। यसलाई नेपालीहरू दसैँभन्दा पनि बढ़ी रमाइलोसँगै मनाउँछन्। यस बेला नेपाली प्रकृति पनि ज्यादै रमणीय देखिन्छ। नीलो र स्वच्छ आकाश, खेतमा झुल्ने धन, घर-आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल आदि सबैले तिहारको सौन्दर्यलाई बढाएको देखिन्छ। यस चाडले मानिसले प्रकृति र जीवजन्तुमा एकता, सद्भावना र समानताको भावना राख्नुपर्छ भन्ने संदेश पनि दिन्छ। भ्रातृत्वको भावनालाई फैलाउन त् उस चाडको महत्त्वपूर्ण पक्ष हुँदै हो। यस चाडमा गरिने पूजा र हरेक क्रियाकलापले हामीलाई सन्मार्गमा लाग्ने  प्रेरणा दिन्छन्। नेपाली समाजमा  ज्यादै प्रिय बनेको र संस्कृतिक एकता कायम गर्ने सफल बनेको तिहार चाडको  महत्त्वलाई हामीले अझै बढाउनुपर्छ। यस्ता चाडहरूलाई हामीले आपसी मेलमिलाप बढाउन गरी मनाउनुपर्छ  र यस्ता चाडहरू मनाई हामीले आफ्नो जीवनलाई पनि अझ सुन्दर पार्दै जानुपर्छ।

Tags:
1. Tihar Nibandh/Essay in Nepali Language.
2. Essay on Tihar in Nepali Language.
3. Tihar ko barema nibandh in Nepali
4. Tihar kasari manaincha?
5. Tihar manaune tarika
6. How is tihar celebrated in nepal?
7. Tihar Importance in Nepali Language

13 Comments

  1. Replies
    1. It helped me soo much and it was quite nice but there were some mistake in middle 😊😊😊😊

      Delete
    2. thanku aba mero hw pani copy paste hanera complete bhayo

      Delete
  2. this very interesting to read an knowledgeable it is important in school level also

    ReplyDelete
    Replies
    1. its direct hw bhyaiyo,,,,say like that

      Delete
  3. this is so stupid. so many mistake. we don't worship dogs in crow tihar you dumbo. its just a long essay but with so many fricking mistakes .I am glad that I didnt get fooled. I hate it..................

    ReplyDelete
    Replies
    1. I mean at least I finished my Nepal homework that I've been avoiding all day😅

      Delete
  4. Yeah! But atleast most of it was correct🤷

    ReplyDelete
  5. It was amazing but there was mistake somewhere in middle I hope it won’t reapt it again!but also it was quite helpful 🙏ℹ️🫶

    ReplyDelete

Post a Comment

Previous Post Next Post