नागरिकको
कर्तव्य
Nagrikko Kartabya Essay in nepali
हामी सबै यस देशका इमानदार र मेहनती नागरिक छौं। देशका
नागरिकले गर्नुपर्ने कामहरू देशका विकासमा धेरै असर पार्ने गर्छन्। सरकारले देशलाई
हाम्रै पैसाले चलाउँछन्। बिजुली, खानेपानी, कर आदिका लागि उठाइएको
रूपले नै देशका विभिन्न कार्यहरू गरिन्छ। हामी नागरिकले हाम्रा अधिकारहरू
संविधानबाट पाउँछौ र यसका विरुद्ध जाने व्यक्तिलाई सजाय दिइन्छ। हामी आफ्नो अधिकार
पाएनौ भने हामी आवाज उठाउन सक्छौं। त्यसैगरी हामीले पनि आफ्ना कर्तव्यहरू इमानदारी
पूर्वक गरेर कर तिर्ने देखि लिएर बिजुली, खानेपानीको पैसा पनि समय मे दिई असल
उदाहरण बन्नुपर्छ।
नागरिकको कर्तव्य देशको हरेक परिस्थितिमा साथ दिनु र आफूले गर्न
सक्ने मेहनत गर्नु पनि हो। देश भन्ने बित्तिकै हामी सबैको साझा घर हो र यो घरलाई
सुरक्षित गर्नु र यसको विकास गर्नु हाम्रो कर्तव्य हो। त्यस कारणले हामीले सक्ने
काम गरेर दशको अवस्थालाई अझ गतिलो बनाउनुपर्छ। आफ्ना कर्तव्यलाई नभुलेर र देशलाई
नछलेर आफ्नो जिम्मेवारी समयमा पूरा गर्नुपर्छ।
कर्तव्यहरू मध्ये कर तिर्ने पनि एक हो। सरकारले कर तिराएर हामीलाई ठग्न
काम गरिरहेको होइन। यसबाट हुने विकासहरू हाम्रै लागि हो। तर मानिसहरू कर तिर्ने
बेला लुकि दिन्छन्, हेलचेक्र्याइँ गर्छन्, र
प्राय: व्यवसाय गर्नेहरु व्यापारीहरू कर तिर्दैनन् र यसको कारणले सरकारको धेरै नोक्सान
हुन्छ। केही कुरा किनेपछि बिल लिने पनि हाम्रो
कर्तव्य हो। त्यही बिलको कारणले ती व्यापारीहरूलाई धेरै कम कर तिर्नुपर्छ। हाम्रो देश नेपालमा १०%
व्यापारीले पनि राम्ररी कर तिर्दैनन् र यसको परिणाम पनि हामीले नै भोग्ने गर्छौ।
त्यसै कारणले हामीले आफ्नो दायित्वलाई पुरा गर्नुपर्छ।
यदि हामीले आफ्नो अधिकार पाएनौ भने काटमार, हडताल
आदि सुरु गर्न थाल्छौ तर आफ्नो दायित्व भने पुरा गर्दैनौं। त्यस कारणले सुरुमा
हामी नागरिकले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ तब मात्र देश विकास भएन भने हामी
सरकारलाई दोष दिन सक्छौ र यसको विरुदमा जान सक्छौं। नागरिकको कर्तव्य आफ्नो समाजमा
शान्ति कायम गर्नु, समाजलाई सफा राख्नु,
फोहरको व्यवस्था गर्नु, राम्रो बानी व्यवहारको
प्रयोग गर्नु आदि हो। हामी सबै आजै देखि आफूले गर्ने काम इमानदारी पूर्वक गर्न थालौं र समाजका लागि एउटा
उदाहरण बनौं हामी सबै।
Tags:
1. Nagrikko kartabya Essay Nibandh in Nepali Language.
2. Essay on Nagrikko kartabya
Post a Comment