" नारी" नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने नारी सृष्टिका संरक्षक हुन् । यो समाजले नारीलाई पुरुषको चाकर्नीको नजरले हेर्छ तर नारीलाई शिक्षा दिइने हो भने उनले त्यो विश्वको सफल नेतृ्त्वसमेत गर्न सक्छन् । म्याडम क्युरी, फलोरेन्स नाइटिङ्गेल, जुनको ताबेइ आदि यस्ता व्यक्तित्व हुन् जसले आˆनो प्रतिभाको माध्यमबाट आफूलाई विश्वभर चिनाउन समर्थ भए र यिनी सबै नारी नै हुन् जसले शिक्षा पाएका थिए । त्यसैले देश विकासका लागि शिक्षित नारीको खाँचो छ ।
हाम्रो नेपाली समाजमा नारी चेतानको ज्यादै नै आवश्यकता छ । नारी सम्बन्धित अप्रिय घटनाहरु को ९०% कारण नारी शिक्षाको कमी र नारी चेतनाको कमीले नै हुन्छ्न |नारी दिवस ,,नारी कृति ,,नारी हस्ताक्षर ,,नारी समाज ,,नारी अरु के के ,,मेरो समझको ल्याकत भन्दा टाढाका कुरा हुन् यि सायद ,,,!म बुझ्दिन यि शब्दहरुको अर्थ । मैले आजसम्मको दिनहरुमा कहिल्यै सुनेको छैन उपर्युक्त ठाउंमा पुरुष शब्द जोडीएको । यि शब्दवलीबाट एस्तो लाग्छ ,,नारीहरु सर्बेसर्बा हुन् /होलान् । वास्तविकता त्यस्तो केही छैन । मानव भ्रुणबाटै नारी पुरुषको जन्म भएको हो भने पुरै मानव समाजबाट किन नारीलाई मात्र अलग्याएर कथित 'नारी दिवस' भन्नु पर्यो?? बर्षमा एक पटक चिच्याएर 'दिवस' मनाउदैमा के फरक पर्छ नारीहरुको अध्यावधी पिछडित दयनिय कुचक्रित यथार्थमा??
नारीहरु पीडित ,प्रताडित ,दलित ,दंशित हुनु रहनुमा अशिक्षा ,अवसरको कमी आदी ले भूमिका खेलेको छ् र म पनि मान्छु यो कुरा तर शिक्षित ,अवसरप्राप्त भाग्यमानी नारीहरुकै जमात हेर्ने हो भने पनि कती छन त वास्तवमा चेतनशिल र असली मानेमा 'स्वतन्त्र नारी '??
अधिकांश शिक्षित नारीहरु जस्लाई म राम्ररी चिन्छु को ठुलो संख्या दुई जोडा नयाँ र किम्ती लुगा ,दुई चारजोर सुनका गहना हात कान मा झुन्ड्याएर आफुखुसी घर र बजार जान पाएकोमा गर्बगर्दै त्यसैलाई नारी स्वतन्त्रता भनी वकालत गर्छन्। अधिकांस नारीहरु (मेरा स्कुल कलेजका धेरै सहपाठी समेत)बिहे पश्चात अध्ययन स्थगित गरी आफ्नै बाटा आँफै बन्द गर्नमा तल्लिन भए/ छन् । मित्रहरु ! यि ति नारीहरु हुन् जसको हातमा प्रसस्त अवसर थियो । तर आज को यो भनिने महान 'नारी दिवसमा' यिनिहरु कै जमातले काठमाडौं को असन ईन्द्रचोक डबली ,बसन्तपुर ,रत्नपार्क ,न्युरोड ,अनी कैयन ठुला होटेल खचाखच भरेका होलान 'नारी हक हित' को आवज उठाउन र 'नारी दिवस' मनाउन न कि ति बिचरा साँच्चैका अवसर बाट वन्चित र अशिक्षित नारी को त्यहा उपस्थिती हुनेछ / भएको छ । यसबाट कती माथि उठ्न सक्छ वास्तविक पीडित पराश्रयी नारीहरुको हैसियत?? मलाई थाहा छ केही हुंदैन ,भएकै छैन । नारी हक र स्वतन्त्रता भन्ने बितिक्कै पुरुष जमात तिर फर्केर औंला उठाउने परम्परित प्रब्रित्तीबाट ग्रस्त नारीहरुको यो कथित 'दिवस' प्रती मेरो घोर आपत्ति छ ,यसलाई मैले नौटंकी नाम दिंदा कसैको भावनामा ठेस लाग्छ भने धिक्कार छ ति स्वांठ कथित शिक्षित भनाउदा हरुलाई।
सधैं अरुकै मुख ताकेर हक पर्खेर होइन कि आँफैकम्मर कसुं । आजै बाट यो प्रण र सुरुवात गरुँ ,,,, आमा ले छोरी,दिदी ले बहिनी, भाउजु ले नन्द लाई स्कुल धकेलौँ !!अरुको मुख नताकौँ !!केही गर्नुपर्छ भन्ने स्वजिवी भावनाको बिकास गरुँ !!शिक्षाको आवश्यकता र महत्व माथि प्रकाश पारौँ!!ब्यक्तिको अनिन्द्य सौन्दर्य मेधा र प्रतिभा हो भनी पहिले आफ्नै दिमागमा घुसाउँ!! पहिले नारीले नारीलाई सम्मान गर्न सिकौँ!! खुट्टा तान्न छोडेर हातेमालो गरौँ!! पुरुषलाई नारी बिपक्षी र प्रतिद्वन्दी होइन कि सहपाठी मानेर सहयोगको हात मिलाउँ!! प्रत्यक नारीले आजै बाट यि सबै मुलमन्त्र आत्मसात गर्न सुरु गरौँ ,,र हेरौँ त अबको पांच बर्षमा हाम्रो अवस्था कतिमाथी उठ्दोरेछ ,,,,,,नत्र ति साच्चैका अवसर बिहिन नारीहरुको नाम भजाएर सिमित नाकहरु ठड्याउनका लागि देखाइने यो गाइजात्रे "नारी दिवस "३०औँ त के ३३०औँ मनाइ सक्दापनी हाम्रो अवस्था यही नै हो यो भन्दा केही फरक हुने छैन ।।।।।
आˆनो शक्तिद्वारा यो विश्वको अस्तित्वलाई निरन्तरता दिने र एउटा नयाँ जीवन प्रदान गर्ने स्त्री नै नारी हो । नारीभित्र रहेको ज्योतिले नै यो सारा ब्रहृमाण्डलाई उज्यालोतर्फ मोडिरहेको छ । नारीसँग यो सारा धर्ती सम्हाल्न सक्ने सुयोग्य शक्ति हु्न्छ । नारीको अपार शक्तिले नै यो धर्तीमा मानिसको अस्तित्व रहेको छ ।

Thanks bro your essay is very good
ReplyDeleteNice Bro !
ReplyDeleteOye aafulai dherai janne thanis ki kya ho thik xa soch janne pani raixas
ReplyDeleteGood essay
ReplyDeletekehi pani
ReplyDeleteMistakes haru cha hai😤
ReplyDeleteWomen education ko importance search gareko,khatey women barrey essay aayo
ReplyDeletePost a Comment