Followers

लक्ष्य




मिहेनत गर तिमले अब लक्ष्य छैन टाढा
फुलको बोटमा फुल मात्रै हैन हुन्छन् काँडा

काँडा हटाई फुलको सुवास तिमले छर्नुपर्छ
देशको निम्ति राष्ट्रभक्ति मनमा भर्नुपर्छ

परिश्रमी ती हातहरू नहुन् कहिल्यै पछि
सबैलाई साथ लिई तिमी बढ्नुपर्छ अघि

गुरु अनि अभिभावक हुन् सबै तिम्रा मित्र
देशका लागि तिमले अब कोर नयाँ चित्र

आफ्नो मान्छेले गाली गर्दा तिमी रुनुहुन्न
जीवनलाई बर्वाद पर्ने चिज छुनुहुन्न

तिम्रो जीवन सफल भए हामी हुन्छौ खुसी
पढ्न लेख्न छोडी हमलाई नबनाउनू दुखी

तिम्रै लागि हामले जीवन अर्पण गर्यौ
आफू पिडा सहेर नि तिमिभित्र खुसी भर्यौ

तिमी देशको जनशक्ति तिमि हाम्रै शान
देश विदेश संसारभरि बढाऊ देशको मन

क्षणीक ती आनन्दलाई तिमले त्याग्नुपर्छ
लगनशील बनी लक्ष्य पुरा गर्न तिमी लग्नुपर्छ

Post a Comment

Previous Post Next Post