Followers


म स्वतन्त्र छैन अझै
                                         --सुबेश यादव
म स्वतन्त्र छैन अझै
किनकी मेरा सपनाहरू बिपना हुन् बाँकी छ
मलाई दिनरात मेहनत गर्नुछ
म स्वतन्त्र छैन अझै
किनकी काडाबिच भएको फुल हुँ म
स्वतन्त्र हुन् संघर्ष गर्न चाहन्छु म
म स्वतन्त्र छैन अझै
किनकी मलाई संसारले चिन्न बाकी छ
मैले परिश्रम गर्न बाँकी छ
दुखपीडामा जुजेर संसार चिन्न बाँकी छ
असफलताले निम्त्याएको कष्ट खेप्न  बाँकी छ
म स्वतन्त्र छैन अझै
किनकी मैले सफलताको चुचुरो चुम्न बाँकी छ
म कर्तव्यको घेरामा बाँधिएको छु
न म भाग्न न म पछाडी हट्न सक्छु
मेरा प्रतिभाहरू बाहिर निस्कन उत्सुक छ
म स्वतन्त्र छैन अझै
किनकी मेरो प्रतिभाले संसारलाई विस्मित पर्न बाँकी छ
मलाई थाहा छ मलाई संसारले केही दिन सक्दैन
स्वार्थी यो संसारले कसैको भलो गर्दैंन
निष्ठुरी यो समाजले केही गर्न दिँदैन
म स्वतन्त्र छैन अझै
किनकी मेरो ज्ञानको पुञ्जी द्रव्य हुन् बाँकी छ
किनकी मेरा प्रतिभाले संसारलाई विस्मित पर्न बाँकी छ

मैले सफलताको चुचुरो चुम्न बाकी छ
म स्वतन्त्र छैन अझै
किनकी मलाई संसारले चिन्न बाँकी छ

Post a Comment

Previous Post Next Post