स्वतन्त्रता
Tags:
1, Swatantrata Nibandh
2. Swatantrata ko nibandh in Nepali Language
3. Swatantratako barema nibandh
“स्वतन्त्रता” ‘स्वतन्त्र’ भन्ने विशेष शब्दका पुछारमा “ता” भन्ने प्रत्यय लागि बनेको शब्द हो. यो एक भाववाचक नाम शब्द हो र यसले “आफ्नै अधीनमा रहेन” भन्ने अर्थ बुझाउँछ. स्वतन्त्रता हरेक प्राणीको जन्मसिद्ध अधिकार हो. हरेक प्राणी स्वतन्त्र भई आफूखुसी कम गर्न चाहन्छ. अझ मानिस त् झन् संसारका प्राणीहरू मध्येकै सर्वश्रेष्ठ एवं चेतनशील प्राणी हो; त्यसैले उ कसैका बन्धनमा नरही आफूखुसी खान, बस्न,बोल्न र घुमफिर गर्न रुचाउँछ. त्यसै उ कुनै किसिमको बाधा, बन्धन, रोकावट, दबाउ आदि मा नरही फुक्का हुन् चाहन्छ. मानिस कुनै पनि किसिमको बन्धन मन पराउँदैनन्. जसरी चराहरु फुक्का भई आकाश जताततै उड्छन् अनि जसरी जंगले जनावरहरू जंगलमा कुनै बाधमा हुँदैन; त्यसै गरी मानिस पनि फुक्का भएर मनमा पलाएका चाहना पुरा गरी रमाइलो सँग जीवन बिताउन चाहन्छ.
स्वतन्त्रता पाएपछि मात्र मानिसले जीवनमा धेरै कम गरेर देखाउन सक्दछ. अरूका अधीनमा रहेर कम गर्दा उ कहिले पनि सफल हुन् सक्दैन. मानिसले स्वतन्त्रता पाएमा जे पनि गर्न सक्छन्. मानिसले चाहेको हरेक कुरा स्वतन्त्रता पछि पाउन सक्छन्.
पहिला मानिस अरूको अधीमा भएकोले चाहेको कुरा गर्न सक्दैनथे तर आजकल यो आधुनिक युगमा मानिस स्वन्त्रताका कारणले धेरै विकासहरू गरिरहेका छन्. मानिस खुल्ला पन्छी जस्ता छन्. मानिसलाई स्वतन्त्रता दियो भने समय यात्रा यन्त्र पनि बनाउन सक्छन्.
स्वतन्त्रता पाएका मानिस आफ्नो जीवनलाई आफ्नै तरिकाले जिउन सक्छन्. तिनिहरूलाई मन लागेको सफलता तथा विषय पढेर मेहनते गरी भविष्यमा केही राम्रो कम गरी विश्व भरि नै चर्चित हुन सक्छन्. हाम्रो देशमा पनि मानिस स्वतन्त्र छन्. तर यो भ्रष्ट नेताहरूले राम्रो कामहरू गर्न दिँदैनन्.
Post a Comment