Followers

हामी हौ नेपाली

सहज रुपमा भन्नुपर्दा नेपाली भनेको नेपालमा बस्ने नागरिक हो । हामी नेपाली नेपाललाई अंग्रेजबाट मुक्त गराएर स्वच्छ बनाउने बिर योद्धा हौँ । नेपाल अनेक जात, अनेक धर्म र अनेक भाषाभेष मिसिएर बनेको छ। हामी नेपालीमा घमण्ड र स्वार्थ भन्ने भावना उठेको छैन। हामी निस्वार्थी र धर्मको बाटोमा लाग्ने मानिस हौँ। हामी रिस,राग,कपट र छल कहिले गर्दैनौँ। हाम्रो देश स्वर्ग झैँ सुन्दर र चद्रमा झैँ चम्किलो छ हामी नेपाली एकतामा बसेर हरेक कम गर्छौ र सफलता प्राप्त गर्छौँ।
                                            हाम्रो देशमा एक पछि एक महान् पुरुषहरु जन्मेका हुन्। जस्तै-प्रिथिवी नारायण शाह,बलभद्र कुँवर आदि। उहाँहरुले ठुला ठुला काम गरी जानुभएको छ। उहाँहरुले देशका लागि केही न केही योगदान दिएर जानुभयो। हामी नेपाली तिनीहरुका छोराछोरी हौँ र त्यसै कारणले हामीले पनि देशको लागि केही गर्नुपर्छ हाम्रो देशमा बिर गोर्खालीहरु जन्मेका हुन्उनीहेरुले शत्रुहरुलाई पराजित गरेर हाम्रो देशलाई जोगाएका हुन्। उनीहरु नेपालमै जन्मेका थिए। उनीहरुको जस्तै हामीले पनि आफ्नो प्राणको चिन्ता नगरी देशलाई हरेक परिस्थितिबाट बचाउनुपर्छ हामी नेपालीले नेपाललाई विकास तर्फ लानु पर्छ। हामी नेपालीले कर्म मात्र गर्नुपर्छफलको उपेक्षा गर्नु हुँदैन। हामी नेपालले वीर गोर्खाली रगतले हार मान्दैनौँ र गौतम बुद्धको शिक्षालाई चारै तर्फ बाटछौँ हामी नेपालीले आफ्नो ज्ञानले सबैलाई पवित्र बनाउनुपर्छ। हामी नेपालीले दुखसुख बाटी हरेकलाई सहयोग गर्छौँ र गरिबलाई खान,कपडा,घर आदि गरिदिन्छौंहामी नेपाली दयालु छौ र परिश्रम गरी हरेक कम गर्छौँ
                                                  
 हामी नेपालीले एकतामा बसी देशमा परेको हरेक समस्यालाई समाधान गर्छौँ। नेपाल आमालै पिर परेको बेला हामी अगाडि बढ्छौ र देशलाई संकटबाट मुक्त गर्छौँ। हामीले आफ्नो देशलाई दियोको जस्तो सधैभरिको उज्यालो रक्छौँ त्यसैले हामीले आफ्नो कर्तव्यलाई सधै पुरा गर्नुपर्छ र देशलाई स्वर्ग झैँ सुन्दर बनाउन सक्नुपर्छ । हामी नेपाली अरुको भर पर्दैनौँ। हामीले आफुले नै कर्म गरी आफ्नो घरपरिवारलाई पाल्छौँ र देशलाई सुन्दर र स्वच्छ राखना प्रयास गर्छौँ।

यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।

Tags:
1. Hami Nepali Nibandh Essay in Nepali Language
2. Nepali Nibandh
3. Essay on Hami Nepali Nibandh in Nepali Language

Post a Comment

Previous Post Next Post