Followers

मेरो देश मेरो गौरव

My Country My Pride(Mero Desh Mero Gaurav)

मेरो देशको नाउ नेपाल  होख यो मेरो  देश विश्वक सात महादेश मध्ये एसिया महादेशमा पर्दछ। एसियाक दुई ठुलो राष्ट्र भारत र चीनको बिचमा रहेको  मेरो देश नेपाल रहेको छ। मेरो देश मेरो लागि गौरव हो किनकि यहाँ बार्हौ महिना बग्ने खोला-नाला छन् भने शान्तिको चिहन् गौतम बुद्धको जन्मस्थल हो। साथैमा मेरो देश विश्वको शिखर सागरमाथाको देश हो,त्यसैले मेरो देशमा म धेरै गर्व गर्दछु। मेरो देश पुर्व देखि लिएर पश्चिमसम्म स्वतन्त्र छ। मेर  देश विश्वमै एक भूपरिवेष्ठित देशका रुपमा चिनिन्छ। मेरो देश विश्वका साना देशहरुमध्ये एउटा हो तापनि यसको नाम विश्वभरि नै फैलिएको छ।

जल-सम्पदाका हिसाबले मेरो देश विश्वकै ब्राजिलपछि दोस्रो जलधानी देश र एसिया महादेशमा पहिलो जलधनी देशका रुपमा चिनिन्छ। आफ्ना काखमारहेका असंख्य नदीनाला,हिमश्रीन्खालम, वनजंगल जस्ता प्राकृतिक सम्पत्ति र र पुराना जमानाक सुन्दर कलाकृतिहरुले पनि भरिएको मेरो देश विश्वमै एक अनौठो र आफ्नै प्रकारका विशेषता भएको रमाइलो देश बन्न पुगेको छ। विश्वमा मेरो देश 'सगरमाथाको देश' भनेर नामले समेत चिनिन्छ।त्यसै गरी विश्वक कुनाकुनामा शान्तिको संदेश छरी आमार बन्न पुगेका शान्तिका  अग्रदुत गौतम बुद्ध पनि मेरै देशका बासिन्दा हुन्। पर्यटन स्थलका दृष्टिले पनि मेरो देशको ख्याती विश्वभारी फैलिएको छ। यहाका मनमोहक प्राकृतिक दृश्य हेर्न पाउँदा विदेशी पर्यटकहरुको मन निकै आनन्दित हुन्छ। अचेल नेपालीहरुले विदेशीहरुलाई पाहुना ठान्ने र आवश्यक सेवाशुल्क लिई उनीहरुको आदर-सत्कार गर्ने नयाँ चलन अँगालेका छन् तापनि नेपालीहरुका अरु निकै पुराना चालचलनहरु देख्दा मख्ख पर्ने विदेशी पर्यटकहरु नेपाल भ्रमणको मीठो सम्झना आफ्नो हृदयको झोलामा भरेर लैजान्छन। यस्तो रमाइलो नेपाल हेर्न फेरी-फेरी नयाँ-नयाँ विदेशी पर्यटकहरु हरसाल नेपालमा आई नै रहन्छन।

अनेकौ मन्दिर, गुम्बा, स्तुपा, कलाकृति आदिले पनि मेरो देशलाई सिन्गरेका छन् र विश्वमै चिनाएका छन्। मेरो देशलाई मन्दिरै मन्दिरको देश पनि भनिन्छ। पशुपतिनाथ मन्दिर, दत्तात्रेय, तलेजु भवानी मन्दिर, कृष्णमण्डप, मनकामना मन्दिर आदि जस्ता मन्दिर र ती ठाउँक कलाकृति यहाँको शोभा बढाएका छन्। त्यसै गरी यहाँक वराह क्षेत्र, मुक्तिक्षेत्र  र गोसाइँकुण्ड जस्ता ठाउँहरु पवित्र तीर्थस्थल मानिन्छन। त्यसैले यहाँक मानिसले तीथारटन लागि विदेशतिर गइरहनुपर्दैन. विभिन्न देवीदेवताका मन्दिर र तीर्थस्थल रहेको मेरो देश एक पुण्यभूमि हो।

यस देशलाई सबैले आफ्नो साझा फूलबारी बनेका छन् र सबैले यसको हेरचाह पनि गरेकै छन्। यी हामी सबै नेपालीको प्यारो देश हो र यसलाई  हामीले आफ्नो प्रणभन्दा प्याको ठानेका छौँ। यसको गौरव हामी सबै गौरव हो। विश्वमा नेपालीलाई चिन्नेले हामी नेपालीलाई पनि चिन्दछ। यस देशले आफूलाई विश्वमा चिनाउने सामर्थ्य पनि राखेको छ। त्यसैले म मेरो देश नेपाललाई ज्यादै माया गर्दछु र आफू नेपाली भई जन्मेकामा गौरव गर्दछु।
Tags:
1. Mero desh mero gaurav essay in Nepali
2. Mero desh mero gaurav nibandh in Nepali Language.
3. Essay on mero desh Mero gaurav in Nepali
4. mero Desh mero gaurav

9 Comments

  1. oi mula
    nepal world ko 2nd richest in water resources bhanne kura galat ho
    napattaye gayera google ma search gar
    nepal 20 number ma parcha mula

    ReplyDelete
    Replies
    1. bruh The world's second richest country in inland water resources with as many as 6000 rivers, rivulets and tributaries, Nepal can meet not just its own electricity needs, but also serve energy hungry neighbors like Bangladesh and India. Nepal has soo many sources of water so its the the 2nd richest water resource in the world . Bruh stupid don't make wrong comment without properly googling it first :/

      Delete
    2. ta chai google gara bhai.... Nepal is not second richest country in water resources....its rank in 40+ and everything in google is not right if you know... google gara aani aarullai vana bhai

      Delete
  2. eh huss tara yo maile paila ni lekhekole update gareko thiyen

    ReplyDelete
  3. Nepal is 2nd richest country that's right:)

    ReplyDelete
  4. next time yesto kei post garda ali sudda lekhnu haii ...😊

    ReplyDelete

Post a Comment

Previous Post Next Post