Followers


नेपाली गजल

अब देश बनाउँछु म गजल लेखेर
सरकार-सरकार चलाउँछु म गजल लेखेर |२|

सार्है भोकमरी भो सरकार नै यहाँ |२|
गरिबी नै हटाउँछु म गजल लेखेर
सरकार-सरकार बनाउँछ म गजल लेखेर

अति भो घूसखोरी र दमन गर्नेहरु
हो तहल्का मचाउँछु म गजल लेखेर
सरकार-सरकार चलाउँछु म गजल लेखेर

सयौं मदन मारियो सयौं मुना मारियो
अब हत्यारा समाउँछु म गजल लेखेर
हो तैले शान्ति ल्याउन पर्दैन सरकार |२|
आत्मीयता जोगाउँछु म गजल लेखेर
सरकार-सरकार चलाउँछु म गजल लेखेर |२|

सन्दीप कलम लिएर उठेको छ आज |२|
भोलि जनता उठाउँछ म गजल लेखेर
सरकार चलाउँछु म गजल लेखेर
अब देश बनाउँछु म गजल लेखेर |२|


Sad Nepali Gajal


मन दुख्यो अाँशु झर्दा रोएको छु नविर्सिने घात पर्दा रोएको छु ।

पल पल माया गर्ने मान्छे उनी निष्ठुरी भै अाँखा तर्दा रोएको छु !।

यैाटा जीवन हाँसी बाँचेको देख्यैा
अास्थाहरू सबै मर्दा रोएको छु !।

नभ धरा अध्यारो भो जिन्दगीको जून तारा घाम हर्दा रोएको छु!

अाफ्नै मुटु छाडी ढुक ढुकी अाज एक्लो पारी अन्तै सर्दा रोएको छु!।


========--------------==========
जिन्दगीले मलाई फेरी हसाउँछ या हसाउँदैन
उसले चोरया खुसि कतै खसाउँछ या खसाउँदैन

आँखाबाट बर्सा हुने यो मौसममा फुल्दै छु म

,,,थाहा छैन सुगन्धले, छाउँछ या छाउंदैन

,,,,,कतै मरी गएँ भने आँखा मेरा नछोप्दिनु
हेर्न चाहन्छु उसको आँखा रसाउँछ या रसाउँदैन

स्वर्थ बिना भगबान त,सम्झिदैनन कसैले यहाँ
म त भुइंको धुलो उसलाई ,याद आउँछ आउँदैन

माया अनि आफ्नु भन्ने झुटो रैछ यो दुनियामा
,,,,,,मर्दा सुद्द आफ्नैले हो ,पराइले जलाउँदैन ....

========--------------==========

जीवन भित्र अनौठो कहानी रहेछ
कहानी भित्र भित्रै जवानी रहेछ

बल्ल – बल्ल फूलेर झुल्न नपाउँदै
काँडा बीचको फूल त्यो नादानी रहेछ

छाती भरि भरि फूल्न त फूल्यो तर
पहाड किन रोज्यो विरानी रहेछ

विहानीपख सूर्यको किरण सँगसँगै
फूल्नै नपाइ झर्ने जिन्दगानी रहेछ

जिन्दगी यस्तै हो भँवराले छोडेपछि
जहाँ फूल्यो त्यहीँ माटो सिरानी रहेछ ।

========--------------==========
सम्झेर रातमा लेखिएको त्यहि गजल अन्तिम थियो
डुवेर यादमा लेखिएको त्यहि गजल अन्तिम थियो

नलेखौं भन्थें मिठो मिठो वचन सम्झिएर
तिम्रै दवावमा लेखिएको त्यहि गजल अन्तिम थियो

तिमि र म कुनै पल रुझिरहने ठाँऊमा
एक्लै वर्षादमा लेखिएको त्यहि गजल अन्तिम थियो

रातभरी सपनिमा तिम्लाई देखेपछि
शुभप्रभातमा लेखिएको त्यहि गजल अन्तिम थियो


========--------------==========

लाजै नमानी हात समायौ, काठमाडौँको दोहोरी साँझमा
आफु त गाउँले परियो प्रिया, लाजले भुतुक्कै सबैको माझमा !

तिमी त रानी नै रैछौ यौवना, चिटिक्क सोह्र श्रृङ्गार तनमा
म त के हुँ र ! एक निरीह प्राणी, पिएरै मस्त रहेँ तिम्रो राजमा !!


========--------------==========

संसारका सबै खुसी तिम्रो सामु राखी दिउँला
दुख पिडा आफ्नो सम्झि हाँसी हाँसी म जिउँला
हाँसो जति तिमीलाई दिई आँशु सबै म लिउँला
पिउनै परे बिष पनि अमृत सम्झि त्यो पिउँला
जीवन भरि साथि तिमी यसरी नै साथ दिनु
लड्न खोजे कहिँकतै समाउनलाई हात दिनु
माया गर्छु तिमीलाई विश्वास मेरो गरिदिनु
फर्कि आउँछु केहि दिनमै यति समय कुरीदिनु

========--------------==========
मैले हिड्ने गोरेटोमा तिमीलाई नै आउ भन्छु
मेरो जुठो अादी भाग नि तिमीलाई नै खाउ भन्छु
बाचा कसम खाँए भने कहिले तिमलाई छोड्ने छैन
अपुरो यो जिवनमा तिमीलाई नै पाउँ भन्छु ।

 ========--------------==========

1} टुक्रिएला देश कतै , अब साथ जुटनु पर्छ , राजनितिकको झुतो खेल , रहष्य त्यो टुटनु पर्छ ।
2} चुस्नु चुसेउ रस जती , देशै खोक्रो पारी , देश बेच्ने दलालहरु , नेता चुनी कुटनु पर्छ ।
3} चार जात छतीस बर्ण , ढल्ने छैन अखण्डता , जातित्वको जल बुन्ने , जनजाल त्यो फुटनु पर्छ ।
4} अशान्तिले सल्किएको , चिता अब निभ्नु पर्छ , हत्या , हिंसा आतंक को , भण्डार हामीले लुटनु पर्छ ।
5} भाषण मात्रै नेताहरुको , भ्रष्ट मुख टाल्नै पर्छ , अब अठ्छ आवाज यहाँ , खोक्रो भाषण घुटनु पर्छ ।
6} चन्द्र सुर्य झण्डा हाम्रो , उच्च शिखर सगरमाथा , झुक्ने छैन शिर कहिल्लै , डर अब छुटनु पर्छ ।
7} रश्रक नै भश्रक भयो , अब हामीले बुझ्नु पर्छ , जाग उठ नेपाली हो , भ्रष्टचारी चुटनु पर्छ ।
8} देश बेच्ने देश किन्ने , भो यो खेल अब बन्द गर , षडयन्त्रको जाल बुन्ने , देशद्रोही भुटनु पर्छ ।
9} गाऊ गाऊ बस्ती बाट , जाग उठ नेपाली हो , शान्ति ल्याउन क्रान्तिको , चार किल्ला खुटनु पर्छ ।
10} नाङ्गिएको देशको पाटो , सत्य लेख्ने अन्जान म त , आउन साथी संगै मिली , शान्ति ल्याउन जुटनु पर्छ ।  


 ========--------------==========
 कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो
कहीं भाग, लागेछ कि, पछ्यौरीमा तिम्रो

कुन्नी किन, हिजोआज, बोलचाल छैन
नयाँ तृष्णा, जागेछे कि, पछ्यौरीमा तिम्रो

यो मन तिम्रै, यो तन तिम्रै, सबै तिम्रै भन्थ्यौ
अर्कैले बास, मागेछ्की, पछ्यौरीमा तिम्रो

तिमीलाई, देख्या जस्तो, मात्र लाग्छ भन्छौ
मिलनको राग, भागेछ कि, पछ्यौरीमा तिम्रो

  ========--------------==========

तिम्रै लागि बचेँकोछु आज पनि
पिडा हुँदा हासेकोछु आज पनि

कोही छैन तिमी बिना अब मेरो
तिम्रा लागि खुशी सारा साछेकोछु आज पनि

खुशी भन्ने कस्तो कस्तो थाहा छैन मलाई
तिमी लाई सम्झी नाचेकोछु आज पनि

स्वर्ग मेरो तिमी नै हौ यो जुनिमा
तिमी लाई पाउन इस्वर अनी देब्ता भाकेको छु आज पनि

नजिक मात्रा आउन तिमी मेरो बिप्नी अनी सपनिमा
सिउदो मा तिम्रो सिन्दुर लगाउन राखेकोछु आज पनि

माया भन्ने कस्तो तिमी बाट थाहा पाये मैले
तिम्रै नाम मा हासी खुशी बचेँकोछु आज पनि

तिम्रै लागि बचेँकोछु आज पनि
पिडा हुँदा हासेकोछु आज पनि  

  ========--------------==========

प्र विण तिमील्सेना"सुबाश"

चर्चा सुनको हुनुपर्छ
झगडा खुनको हुनुपर्छ

देश थला पर्नुमा दोस
टुहुरो कानुनको हुनुपर्छ

हो खसाल्न सक्छु भन्दै छ प्रेमी
त्यहा कुरा जुनको हुनुपर्छ

गजल यती राम्रो बन्नुमा
थोरै हात धुनको हुनु पर्छ

 



  ========--------------==========
 किनेर पाउने भए माया किन्थे होला ।।
मागेर पाउने भए माया लिन्थे होला ।।

आफु रोएर पनि तिम्रै लागी संसारको
सारा खुशी दिन मिल्ने भए दिन्थे होला ।।

तिम्रै मनमा बसेको थिएं तिम्ले चिन्ने ।।
भए मैले पनि तिमीलाई चिन्थे होला ।।

हजारौँमा भेटिएकी थियौ सानु तिमी ।।
बुझ्ने भए मसंग कति कुरा मिल्थे होला ।।

मेरो मुटु दिन मिल्ने भए तिम्रै लागी ।।
समर्पण गरी मेरो प्राण छिन्थे होला ।


========================

जिन्दगीले मलाई फेरी हसाउँछ या हसाउँदैन
उसले चोरया खुसि कतै खसाउँछ या खसाउँदैन

आँखाबाट बर्सा हुने यो मौसममा फुल्दै छु म

,,,थाहा छैन सुगन्धले, छाउँछ या छाउंदैन

,,,,,कतै मरी गएँ भने आँखा मेरा नछोप्दिनु
हेर्न चाहन्छु उसको आँखा रसाउँछ या रसाउँदैन

स्वर्थ बिना भगबान त,सम्झिदैनन कसैले यहाँ
म त भुइंको धुलो उसलाई ,याद आउँछ आउँदैन

माया अनि आफ्नु भन्ने झुटो रैछ यो दुनियामा
,,,,,,मर्दा सुद्द आफ्नैले हो ,पराइले जलाउँदैन ....

============================

 घाऊ सिवाय---------
-के दिन्छ र बन्दले घाऊ सिवाय
यात्रामा थाकेका दुई पाऊ सिवाय
दैनिक अर्बौको नोक्सान त छदैछ
बजारले दिएको चर्को भाऊ सिवाय !

काम बिना माम के खाँऊ सिवाय
पैदलै सहि कार्यालय धाऊँ सिवाय
बचेको साख डूब्ने खतरा त छदैछ
नेपाल छोडेर अन्तै जाऊँ सिवाय !

स्वदेशको पिडा सुनाऊँ सिवाय
पराईको दैलो दैलो धाऊँ सिवाय
किन गरिन्छन् बन्द घरि घरि
चित्कारले ब्यर्थ कराऊँ सिवाय !

Tags:
nepali gajal,new nepali gajal,gajal,nepali gazal,nepali ghazal,nepali gajal song,nepali gajal bachan,nepali song,nepali gajal photo,nepali gajal song collection,new nepali gajal.,new nepali gajal song,new nepali gazal,latest new nepali gajal,new nepali gajal song 2019,love nepali gajal,sad nepali gajal,nepali hit gajal,top nepali gajal,nepali gajal 217,nepali gajal love,bast nepali gajal


Post a Comment

Previous Post Next Post