लैंगिक समानता
“लैंगिक विशेषण पदले नारी र
पुरुषसम्बन्धी भन्ने अर्थ बुझाउँछ भने ‘समानता’ नामपदले समान वा बराबरी हुनाको अवस्था वा भाव भन्ने अर्थको द्योतन
गर्दछ। ‘लैंगिक समानता’ सोझो
अर्थ नारी र पुरुषहरूका बीचमा हुनुपर्ने नै
भिन्न किसिमका अपरिवर्तनीय जैविक विशेषताहरू प्रदान गरेको हुन्छ। प्रकृतिले
नै जैविक पार्थक्यलाई समानताका नाममा बदल्न सकिँदैन। प्रकृतिले दिएको जैविक विभेदलाई
समान पर्न सकिँदैन; तर समाजमा जन्मिसकेपछि नारी र परुषका
बीचमा भेद भनेको प्राकृतिक बनावट नभइ सामाजिक बनावट हो। महिला र पुरुषको जैविक बीचमा
समाजमा समान हैसियत र भूमिकाको स्थापना गर्नका लागि अँगाल्ने नीति वा दृष्टिकोण न
लैंगिक समानता हो।
लैंगिक समानतासँगै लैंगिक समता हुनु
पनि व्यक्तिकै वाञ्छनीय देखिन्छ। कानुन, संबिधान र नीति-नियमहरूमा तथा तिनका धारा र दफाहरूमा नारी र पुरुषका
बीच असमान व्यवहार नगर्ने भनी उल्लेख हुनु लैंगिक समानता हो।
लैंगिक समानता नभएसम्म नारीहरूले
भेदभावको सिकार बन्नुपर्ने हुन्छ। नारीहरूप्रतिको भेदभाव हटाउनका लागि वा लैंगिक
समानताका लागि आवश्यक पर्ने केही महत्त्वपूर्ण पक्षहरू छन्। सर्वप्रथम नारीहरूलाई
अबला, अदना र कमजोर ठान्ने मनोवैज्ञानिक
त्रुटिलाई समाजले सच्याउनै पर्छ;
शिक्षाको अवसर समान हुनुपर्छ भने नारीले पनि नारी भएकोले आफूलाई पुरुषभन्दा कम्जोर
ठान्नु हुदैन भन्ने चेतना फैलाउनुपर्छ।
लैंगिक समानताका मध्यमबाट नेपालमा नारी
जातिप्रतिको भेदभाव समाप्त हुन् सक्छ भन्ने मान्यता राखिएको छ। नेपालमा पुरुष र
स्त्रीबीच भेदभाव देखाउने एन र कानुन अद्यापि विद्यमान छदै छन्। पैतृक सम्पातिमा
चोरलाई मात्र अधिकार छ;
छोरीलाई छैन। महिलाहरू नीति निर्माणको माथिल्लो निकायमा जान छेकेको छैन; तैपनि पुग्न सकिरहेका छैनन्। पति र पत्नी दुवै
अध्यापन गर्छन् भने पत्नीले त्यस कामका अतिरिक्त घरको बुहार्तन पनि भ्याउनै पर्ने
बाध्यता छ। छोराहरूलाई एक्लै जहाँ जान पनि छुट दिइन्छ; तर छोरीहरूमाथि ‘पिता र क्षति कौमारे भर्ता र क्षति
पुत्रो रक्षित बार्धक्ये नस्त्री स्वतन्ञ्मर्हति’ भनेर नारीलाई आजीवन पराधीन
बनाउने अघोषित विधानहरू प्रचलित छदै छन्।
लैंगिक
समानताका सम्बन्धमा सम्पूर्ण पाश्चात्य दृष्टिकोण मात्रै अँगाल्नुपर्छ भन्नुहुँदैन
र यसलाई पुरुषवर्गसंगैको शत्रुताका रूपमा पनि परिभाषित गर्नुहुँदैन। पुरुष वर्गले
गर्ने गलत कामहरू पनि आफूले समान रूपमा गर्न पाउनुपर्छ भन्ने लैंगिक समानताभित्र
पर्ने कुरो होइन। नारीवादी आन्दोलन आफ्नो हकको प्राप्तिका लागि हुनुपर्छ; यसलाई एन।जि।ओ र आइ।एन।जि।ओ को रूपमा डलरखेतीको
माध्यम बनाउनु पनि सुहाउने कुरो होइन। पश्चिमी संस्कृति र सभ्यता अनुकूल हाम्रो
समाज विकसित भएको छैन। हाम्रो समाज, वातावरण र संस्कृतिमा क्रमिक सुधार र विकास गर्दा लागि आफ्नोपन बचाएर
आधुनिकतालाई अँगाली लैंगिक समानताको नारालाई युगानुकूल रूपमा हामीले आत्मसात्
गर्नुपर्छ।
Tags:
1.Laigikthako nibandh
2. Gender equality essay in Nepali
3. laingik samantako nibandh
Laingik bibhed
ReplyDeleteThikai cha
ReplyDeleteOk
ReplyDeletePost a Comment