Followers

Nepali Poems

Introduction About  Content

Everyone likes to read literature creations. Here are 15 Nepali Poems on different topics. Read out the Nepali Poems about mother, Nepali poems about Nepal, Corruption, Poems of Laxmi Prasad Devkota and Lekhnath Paudel.

Poems Topics

• Nepali Poem on Nepal.
• Nepali Poem of Lekhnath Paudel
• Nepali Poem on laxya ( Aim in Life)
• Nepali Poem on New Year 2075
• Nepali Poem of Laxmi Prasad Devkota
• Nepali Poem on Child
• Nepali Poems on dashain (5 Poems)
• Nepali Poem on garibko  dashain
• Nepali Poem on corruption
• Nepali Poem on aama  *mother*
• Aama Nepali Kabita
• Yatra Nepali Kawita (Poem)
• साँढे Nepali Poem
• Poem on Mother in Nepali
ALSO CHECK

(1)नेपाल

नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष।
सङ्गीतको मूल फुटी विशाल
छल्की रहे झैँ लयबदय छाल।

पाना खुला पर्वत पत्रपत्र
छन् वर्ण झैँ वृक्ष लता विचित्र
खोला चराको ध्वनि गुह्य मन्त्र
नेपाल सङ्गै बहुमूल्य तन्त्र।

नयाँ नयाँ जीत अनेक जोड्दै
यो देशको इज्जत मान थप्दै
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलियो सहारा।

यो देशको सिर्जनाको निमित्त
पुर्खाहरूको पसिना र रक्त
हाम्रो बहेको छ नसा नासामा
डोर्याउँदै स्वर्ग छुने दिशामा।
5
विपत्ति पर्दा पनि हाँसीहाँसी
तयार भैँ चढ्न समेत फाँसी
बाचे बचाए र रमे रमाए
सङ्घर्षले यो मुलुकै जगाए।

(2)कालमहिमा

भाकाभूलदयाक्षमा र ममतासन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमात्यो बिन्ती मान्दैन त्यो ॥
थुप्रोमा उधिनी मीठो र नमीठो छुट्टयाई छान्दैन त्यो ।
खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥१॥

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो ।
आयो टप्प टिप्योलग्यो मिति पुग्योटारेर टर्दैन त्यो ॥
लाखौँ औषधिअस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो ।
व्याधातुल्य लुकेर चल्दछ सदामारेर मर्दैन त्यो ॥२॥

आँसुका दहमा नुहाउँछचिसो पानी रुचाउन्न त्यो ।
सुक्खा जर्जर अस्थिपञ्जरविना शय्या बनाउन्न त्यो ॥
मैलो भस्म सिवाय अङ्ग भरमा केही लगाउन्न त्यो ।
हाहाकारभरि मीठो अरू कुनै संगीत गाउन्न त्यो ॥३॥

जो जो मिल्छ सुलुक्क लिन्छमुखमा हाली चपाउन्न त्यो ।
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ॥
जत्ति निल्छ उति उकेल्दछ पनीकेही पचाउन्न त्यो ।
यै चालासित कल्प-कल्प कहिल्यै खार्इ अघाउन्न त्यो ॥४॥

(3) लक्ष्य

मिहेनत गर तिमले अब लक्ष्य छैन टाढा
फुलको बोटमा फुल मात्रै हैन हुन्छन् काँडा

काँडा हटाई फुलको सुवास तिमले छर्नुपर्छ
देशको निम्ति राष्ट्रभक्ति मनमा भर्नुपर्छ

परिश्रमी ती हातहरू नहुन् कहिल्यै पछि
सबैलाई साथ लिई तिमी बढ्नुपर्छ अघि

गुरु अनि अभिभावक हुन् सबै तिम्रा मित्र
देशका लागि तिमले अब कोर नयाँ चित्र

आफ्नो मान्छेले गाली गर्दा तिमी रुनुहुन्न
जीवनलाई बर्वाद पर्ने चिज छुनुहुन्न

तिम्रो जीवन सफल भए हामी हुन्छौ खुसी
पढ्न लेख्न छोडी हमलाई नबनाउनू दुखी

तिम्रै लागि हामले जीवन अर्पण गर्यौ
आफू पिडा सहेर नि तिमिभित्र खुसी भर्यौ

तिमी देशको जनशक्ति तिमि हाम्रै शान
देश विदेश संसारभरि बढाऊ देशको मन

क्षणीक ती आनन्दलाई तिमले त्याग्नुपर्छ

लगनशील बनी लक्ष्य पुरा गर्न तिमी लग्नुपर्छ

(4)नया वर्ष

विपदबाट हारेन झेलीरहयो उसलाई सहर्ष
तुफानहरुलाई पार गरी पुगेको छ नववर्ष
नभ मौसम सागर सबै गर्छन् कृपा निरन्तर
जंग र आतंक को पर्दैन कहिले नि मार
बागहरु फुलिरहेछन् इंद्रधनुष को रंग
घर घर मा बसिरहून् खुशिहरुको उमंग
मन मा होस् संवेदना तन मा नव स्फूर्ति
आफन्तहरुसँग सदभावना जगमा सुंदर कीर्ति
उन्नति को सृजनाहरु गरुन् यस्तो विकास
संस्कार को जगमा बनिरहोस् विश्वास
वर्षनयाँ गुलजार होस्-मिटोस् सबैको पीडा
मेहनतले हामी झारिदिऊ बिगत वर्षा धुलोपिठो
अभिनंदन नव वर्षको मंगलमय होस् वर्ष
ऋद्धि सिद्धि सुख संपदा सबबाट रहून् भरपूर

(5)नटिप्नु हेर कोपिला

नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ

न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ
धुलो नफेक्नु नानी हो
उडेर भित्र ढाक्दछ

हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ

बनेर फुलझैँ सधैँ
हँसाउनू सुवास दी
सधैँ रमाउनू जगत्
रमेर नित्य आस दी

जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे
छकाउने लुकाउने
नराख भाव क्यै गरे

(6)म हुँ एक बालक पढ्ने मेरो काम

पढी गुनी ठूलो भई राख्छु देशको नाम ।

दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा
पढ्न बस्छु बिहान राति आमाबाका माझमा

कुनैबेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ बालख नै जाती

दिदी मेरी एउटी मात्रै सँगै हामी पढ्छौँ
माया हाम्लाई बराबरी दुवै अघि बढ्छौँ

पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर
बाटो पनि खतरनाक वरिपरि भीर

कुनै दिन हाम्रो पनि बाटो पीच होला
मोटरले बोकिदेला किताबको झोला ।

(7)दशैँ

-लेखनाथ पौडेल

हट्यो सरा हिलो मैलो

हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो अनाद्को वर्षा

जता जाउ उतै भन्छन

दशैँ आयो दशैँ आयो
यही आनन्द चर्चाले

सबै संकट बिर्सायो

ठूलो साना सबैलाई

दशैँ अत्यन्त राम्रो छ
चलेका चाडमा  ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङ्गमा दंग
सबको देखिँदै आयो
उज्यालो चेहरा रंग

(8)दशैंको सम्झना

सबैको घरमा खुसी छाओस।

मनले सबको शान्ती पाओस।

दुख कष्ट सब नाश होस।

घरमा भगवती को बास होस।

शत्रु सबका बसमा परुन।

लक्ष्मी माताले बास गरुन।

दसैं कसैलाइ दशा नबनोस।

तपाईंलाई कसैले नराम्रो नभनोस।

सबको तपाइ बन्नुहोस प्रिय ।

स्वर्ग बनोस हजुरको गृह।

निधारमा जमरा टिका होस।

दसैं कसैलाइ फिक्का नहोस।

सुस्वास्थ्य दिर्घायु कामना होस।

हिमाल जस्तो भाबना होस।

आफन्तजन संग भेट होस।

घरमा लिङ्गे पिङ्ग को गेट होस।

दुर्गामाता ले सबको रक्षा गरुन।

सबैको घरमा बास गरुन।

होस हिमाल जस्तो उच्च भावना।

सागर जस्तो निश्चल कामना ।

#बिजयादशमी २०७६ को सबैमा हार्दिक मंगलमय #शुभकामना

दूःख लूकाई हास्न खोज्दा आँशु खसेको थाहै भयन

घर जाने दिन गन्दै थिए दशै तिहार आको थाहै भयन
चाड पर्व नि कति चाडो आको घर जान नपाऊदा नि
सोच्दै थिए future को बारेमा निदाएको पत्तै पाईन
बर्ष दिनको चाड-पर्व धुमधाम सँग मान्नै पर्ने
काम गर्दै थे आमाको याद आयो हात कटेको चालै पाईन
लास्टै याद आको थियो जब सबै घर जदैछन सूने
जति लडाई लडे पनि परदेशमा घर जाने मैकै पाएन
Happy DaShAiN all my friends & Relatives
यसपालिको दशै तिहार परदेश मै बित्ने भो
मनले आटेको पूगोस

रंगियोस जीवनका पानाहरु ,पुरा होस्
मनका चाहनाहरु ,मिलिरहोस सदा हास्ने बहानाहरु ,सजियोस
ओठमा मुस्कानका गहनाहरु
तपाइको जीवनमा प्रगतिको जलिरहेको दीप
लाइ कुनै
हावाको झोक्काले अँधेरो नपारोस गनतब्यको पाइलाले चाडै
शिखर चुमोस बिजया दशमी
को कोटी कोटी शुभकामना!!!
HaPpY. DaShAiN

(9)“गरिब”को दशैं…..

बाँच्नु नै पर्छ जसरी पनी यो पापी पेट बोकी
यो महान चाड आउने गर्छ बर्समा यक चोटी
धनी लाई दशैं गरिबलाई दशा मनाअोस कसरी
झेल्नु नै पर्ने यो ठुलो दशा गरिब ले जसरी…..!
ए बाबा नाना किन्दीनु भन्छ छोरो ले रोयर
किन्न लाई पैसा हूँदैन हजूर लाईदीन्छु धोयर
छोरी भन्छे चिँ चिँ खाँउ आमा ल्याउनु न किनेर
दुई कौडी छैन पोल्टोमा मेरो खाउ कोदो पिनेर
बूढी रुन्छे बालबच्चा सम्झी आँसु भेल बगाई
कर्म ले ठग्यो भन्दै म रुन्छु पुर्पुरो समाई….!
हरिहर रेग्मी

(10)भ्रस्टाचार कविता

जताततै चलेको छ भ्रष्टाचारको हल्ला
यस्तै चले देशको विकास खै कस्ले पो गर्ला
नेताहरु घुस खाई जन्तालाई रुवाउँछन्
आफ्ना बालबच्चालाई भने मिठोमिठो खुवाउँछन्

को हुन् आखिर भ्रष्टाचारी भनी यहाँ चिनिने
देशको माया त्यागी जो हुन् पैसामा नै किनिने
शान्तिका दूत गौतम बुद्ध ह‍िँडे जुन बाटाेमा
भ्रष्टाचारको बिऊ छरियो आज त्यै माटाेमा

जन्ता पनि कति सोझा नेताबाटै मिचिएका
कालो धन र कालो मनको अन्धकारमा थिचिएका
हात मुख जोड्नै गाह्रो पर्ने कस्तो आयो दिन
आइज हे काल छिटाे आइज ती पापीलाई लिन ॥

(11)आमा कविता (aama kawita)

-खुम राना मगर

मलेसिया
धर्तीमा कदम टेकायौ आमा
जन्मायौ,बाटो देखायौ आमा

घुक्क घुक्क म रुदाँ खेरी

काखैमा राखी फकायौ आमा

पिडा र मर्म सहेर आफैले
आंधी र हुरी छेकायौ आमा

ठुलो मान्छे बनाउन मलाई

पढायौ अनि लेखायौ आमा

सपना बोकी म प्रदेश लागे

तिमीलाई हिजो के भयो

फर्केर आउँदैछु म तिम्रो छोरा
भन्दा भन्दै किन आमा

आज टुहुरो बनाइ गयौ आमा

दश धारा दुधको रिन तिर्न सकिन आमा

(12)Aama Kawita

पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर ।
अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।।
परदेश गई के नै पो होला स्वदेश गुमाई ।
फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।।
मनुष्य चोला पाएर तिमी खुशी हौ जहिले ।
यो चोला खोजी पाउने छैनौ तिमीले कहिले ।।
सन्तान खुशी राखौँला भन्ने मातृको रहर ।।
नतीजा पनि असल ल्याई बने है अमर ।
मातृको मुहार हँसिलो पार्दै तिमी नै रमाए ।
जीउन निम्ति चाहिने मात्र सम्पत्ति कमाए ।।
मातृको सेवा गरेर पनि धन र सम्पत्ति ।
धनको निम्ति कल्यिै पनि नल्याए विपत्ति ।।
वात्सल्य माया पाउँदा पनि काँ जान्छौ छोडेर ।
असल कीर्ति दिए है तिमी त्यो बाटो मोडेर ।।
अक्षम सेवा गरे है तिमी सक्षम बनेर ।
माटो मै आयौँ माटो मै जाने माटो मै मिलेर ।।

तिम्ले गर्नै पर्छ

--प्रदिप पराजुली
लोभ इर्ष्या तुच्छ कुरा सधैँ टाढा बस्नु
दुःख आउँदा तिम्रो अघि डटेर कम्मर कस्नु
पाइला पाइला दुख रुपी भुमरी छ यहाँ
संघर्ष नगरेरै संसारमा नाम पाइन्छ कहाँ
छनिक ती आनन्दलाई तिम्ले त्याग्नुपर्छ
डर  तिम्रो मनबाट टाढा भाग्नुपर्छ
पढ्ने लेख्ने उमेरमा तिम्ले पढ्नैपर्छ
दोधारे त्यो मनसँग तिम्ले लड्नैपर्छ
आमाबुबा, साथी, शिक्षक सबैलाई सहयोग गर
चार खम्बा यिनै हुन् है यिनकै भर पर
कलिला ती हातबाट सिर्जना नै फुलोस्
यस्ता कम गर तिमी जसलाई संसारले नभुलोस्
साना साना पाइँला तिम्रा सधै अघि बढोस्
सफलताका शिखरमा सधै तिम्रा पाइँला चलोस्
सोच्ने दृष्टि तिम्ले सधैँ उच्छ पार्नुपर्छ
मनभित्रको घमन्डलाई तिम्ले अब मर्नुपर्छ
हेर्ने तिम्रा आँखाले सबै बराबर देखून्
इतिहासमा पानाभरि तिम्रै नाम लेखून्
बोल्ने तिम्रो मुखबाट सधै बुद्धवाणी आओस्
तिम्रा पवित्र कर्मले नै संसारमा शान्ति छाओस्
सुन्ने तिम्र कानले सधै राम्रा कुरा सुन्नुपर्छ
देशका लागि विकासका माला तिम्ले उन्नुपर्छ
तिम्र मनभित्र यस्तो जागर पलाओस्
फुलै फुलको सुभासले तिम्रो जीवन मौलाओस्
अरु के नै गर्न सकँला र तिम्रो लागि अब
एक पाइला अघि हुन्छ तिम्लाई समस्या आउँदा जब ।

(14)मेरो नाम छ साँढे !

वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे !

(15)आमा कविता

-खुम राना मगर

मलेसिया
धर्तीमा कदम टेकायौ आमा
जन्मायौ,बाटो देखायौ आमा

घुक्क घुक्क म रुदाँ खेरी
काखैमा राखी फकायौ आमा
पिडा र मर्म सहेर आफैले
आंधी र हुरी छेकायौ आमा

ठुलो मान्छे बनाउन मलाई
पढायौ अनि लेखायौ आमा

सपना बोकी म प्रदेश लागे
तिमीलाई हिजो के भयो
फर्केर आउँदैछु म तिम्रो छोरा

भन्दा भन्दै किन आमा

THANK YOU

Post a Comment

Previous Post Next Post