Followers


मेरो गाउ

गाउँ छ मेरो शान्त र प्यारो खुसीले ढाकेको
मानिस त्यहाँ हिंसाले हैन मायाले बचेको
आनन्द लाग्छ जिउन त्यहाँ पुर्खाको यादले
अंग्रेज सबै हरेर भागे मृत्युको डरले

सबैले त्यहाँ एकता रोजी मिलेर बसेका
ज्ञान र बुद्धि बाटेर तिनि आनन्द साँचेका
जीवनका पुरा खेती र पति गरेर बिताए
सबैको पेट पालेर तिनि खुसीले रमाए

किसान हो तिनि दुख र पीडाले भरेको
किन हो तिनि सदैव दुख पाएर मरेका
सुख र प्रेम नपाए पनि मिलेर बसेका
मनले धनी भएर तिनि खुसीले बचेका

Post a Comment

Previous Post Next Post