पदयात्रा कविता
-Bigyan Rimal
फेरी उही मुश्कान सम्झेर जान मन लागेको छ
त्यहि लसुन र खुर्सानीको अचार सम्झेर जान मन लागेको छ
नत्र किन भन्थें
साँच्चै हो
एकै दृश्यमा संसार भुल्ने सन्तुष्टि सम्झेर जान मन लागेको छ
निलो आकाशको प्रतिबिम्ब
पाटने फूलका सुगन्ध
हिमालको छाँया छिचोल्ने
हावा मधुर मन्द-मन्द
नत्र किन भन्थें
साँच्चै हो
फेरी उही स्वतन्त्रता सम्झेर जान मन लागेको छ
त्यहि पोलेको आलु सम्झेर जान मन लागेको छ
विघुत विनाको स्वच्छन्दता सम्झेर जान मन लागेको छ
पहेंलो पतझडको तिर्सना
लमतन्न गोरेटाहरुको निमन्त्रणा
पुसको न्यानो घाम
छैन सकेको बिर्सन
नत्र किन भन्थें
साँच्चै हो
फेरी उही टालेको टोपीको कथा सुन्न जान मन लागेको छ
फेरी उही नबिकेर फालेका उब्जनीको गन्ध सुघ्न जान मन लागेको छ
घाइते खच्चडहरुको बुइ चढ्न जान मन लागेको छ
आफू जाँदा, हवाइजहाजमा, दुइ-चार बोरा चामलपनि लान मन लागेको छ
नत्र किन भन्थें
साँच्चै हो
दुखमा फूलेका मुश्कान सम्झेर जान मन लागेको छ
मलाई फेरी पदयात्रामा जान मन लागेको छ..
"म नेपाल फर्किन्छु बुवा"
Krishna Timilsina
थाहा छ बुवा मलाई।
मैले नी बुझेको छु तपाईंलाई।
तपाईले बोकेको ऋणको भारलाई।
तर खै म कसरी भनुँ
म नेपाल फर्किन्छु बुवा।
दिनभरको काम
अनि बासी माम।
म कसरी खान सक्छु बुवा।
कति रात त भोकै बसेको छु।
आफ्नो सिरानी आँसुले धोएको छु।
तपाईंले गरेको गाली।
भाइले जिस्काउदै मारेको ताली।
दिदिले ममा देख्ने क्षमता।
अनि आमाको मिठो ममता।
सधैं याद आउँछ बुवा।
एउटा कुण्ठा बस्छ मनमा।
ऋण भन्दा नी भारी भको यो तनमा।
बिरामी नी भन्न पाइन्न।
औषधि नी चाहिन्न।
आँसुको मलमले कति निको पार्नु घाउ।।
दुःख सुख आफ्नै ठाउँमा बाँचौला।
मिठो मसिनो भए नी खाउँला।।
बिरानो देशको मित्रता भन्दा।
आफ्नै देश को शत्रुता प्यारो।
त्यसैले म नेपाल फर्किन्छु बुवा।।
याद आउछ किन ?
यो जिन्दगी लामो छ कि छोटो छ बुझ्नै सकिएन
सायद मेरो भाग्य खोटो छकि क्या हो बुझ्नै सकिएन ।
सम्झना अाउछ बारम्बार उनको जोआफ्नो भयन
अाखिर किन बोल्दैन तस्बिर उस्को बुझ्नै सकिऐन ।।
आशु बग्न बाध्य भयो खहरेको भेलसरि नयनबाट
अपुरा रहे जिन्दगीका मेरो सपनाहरू बुझ्नै सकिएन ।।
बुढो भएपछि सम्झना मात्र प्यारो
..........
आय आर्जन हो प्यारो श्रम शक्ति र सम्पत्ति
रुप सौन्दर्य हो प्यारो बैंशका प्रिय दम्पति
नासिँदा रुप सौन्दर्य प्रेमको मोल नासियो
सामर्थ्य आँतको घट्ता आँट वा जोस नासियो
भयो दुर्बल मस्तिष्क बुढ्यौलीपन चुल्हिँदा
आक्रामक बनी रोग झम्टिँदो बाघ बन्दीँदा
खाएको गाँस पच्दैन खाने स्वाद हराउँछ
लुलो शरीर सानै ती समस्यामा डराउँछ
सुन्दैन जति बोलेनी रिसाइ पनि गर्नु के
राख्तैन मान मर्यादा रोएरै पनि काम के
आफ्नै सन्तानले हेप्छन् नोकर् चाकरले पनि
बिझाइ बोल्दछन् आफ्ना आफन्तै जनले पनि
सिङ्गो शरीर हो आफ्नो बल बुद्धी बुताहरू
सम्पत्ति शत्रु हो आफ्नै भावना मित्र हो बरु
भावना, स्मृतिमा खेल्छन् साथी सङ्गी अभावका
त्यसैमा बाँच्तछन् आस्था हाँसी रोइ कता कता
घोटेर हाड जोडेका सारा चिज उडाउँदै
थोपर्छन दोषका भारी आफ्नै सन्तानले सधैं
पढेका शास्त्रका बाणी साँच्चै स्वादिष्ट लाग्दछ
नीति धर्म र द्यौताको आस वा त्रास जाग्दछ
मनको भोक मेट्तैमा जिन्दगी फाल्नु व्यार्थ छ
सम्पत्ति सुखमा रम्ने जिन्दगी भित्र स्वार्थ छ
सेवा समाजको गर्दै राखी कीर्ति अजम्बरी
मर्ने इच्छा सधैं जाग्छ बुढ्यौली पनमा परी
विष्णु न्यौपाने, दमक झापा
Tags:
nepali kabita,nepali,nepali poem,nepali poems,popular nepali poems,nepali literature,nepali kabita nepal,nepali best poem,nepali poem bachan,kabita,nepali poetry recital,nepali book,nepali kabita love,nepali rhymes,nepali kabita gajal muktak,nepali kabita haru,nepali kabita from students,new nepali poems,nepali kabita bachan,nepali best kabita,nepali kavita bachan,nepali poems with lyrics
Post a Comment