भाका, भूल, दया, क्षमा र
ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै
बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो ॥
थुप्रोमा
उधिनी मीठो र नमीठो छुट्टयाई छान्दैन त्यो ।
खाता
जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥१॥
राजा
रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो ।
आयो टप्प
टिप्यो, लग्यो मिति पुग्यो,
टारेर टर्दैन त्यो ॥
लाखौँ औषधि, अस्त्र-शस्त्र-महिमा
देखेर डर्दैन त्यो ।
व्याधातुल्य
लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ॥२॥
आँसुका
दहमा नुहाउँछ, चिसो पानी रुचाउन्न त्यो ।
सुक्खा
जर्जर अस्थिपञ्जरविना शय्या बनाउन्न त्यो ॥
मैलो
भस्म सिवाय अङ्ग भरमा केही लगाउन्न त्यो ।
हाहाकारभरि
मीठो अरू कुनै संगीत गाउन्न त्यो ॥३॥
जो जो
मिल्छ सुलुक्क लिन्छ, मुखमा हाली चपाउन्न त्यो ।
थाल्यो
च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ॥
जत्ति
निल्छ उति उकेल्दछ पनी, केही पचाउन्न त्यो ।
यै
चालासित कल्प-कल्प कहिल्यै खार्इ अघाउन्न त्यो ॥४॥
Post a Comment