चिठी लेख्ने तरिका
१.चिठीका प्रकारहरु
- घरायसी चिठी
- ब्यापारिक चिठी
- कार्यालय चिठी
- निवेदन
- व्यक्तिगत चिठी लेख्ने तरिका
व्यक्तिगत चिठीलाई घरायसी चिठी पनि
भनिन्छ। खासगरी व्यक्तिले व्यक्तिलाई लेख्ने चिठी व्यक्तिगत चिठी हो। आफ्ना नातागोता, इष्टमित्र, साथीसंगती आदिसँगको मित्रतालाई कसिलो बनाउने र खबरहरू आदानप्रदान
गर्न यस किसिमका चिठी लेखिन्छन्। घरायसी चिठीमा आफ्ना आन्तरिक कुराहरू लेखिने
हुनाले यो अनौपचारिक किसिमको छ। तर यसभित्र पनि शोक, निमन्त्रणा, बघाइका
ढाँचामा लेखिएका छन् भने टी औपचारिक किसिमका हुन्छन्। घरायसी चिठी स्वतन्त्र रूपमा
आफ्नै शैलीमा लेख्न सकिने भए पनि परीक्षामा चाहिँ स्तरीय भाषामा राम्रा वाक्यगठनमा
रीत पुर्याएर लेख्नुपर्ने हुन्छ।
व्यक्तिगत तथा घरायसी चिठीमा
नाताअनुसारको सम्बोधन,
अभियान तथा सम्बन्धज्ञापनका शब्दहरूको तालिका यसप्रकार देखाउन सकिन्छ:
सम्बन्ध |
सम्बोधन |
अभिवादन |
|
बुबा, हजुरबुबा, पति, ससुरा
आदि मान्यजानहरूलाई
|
पूज्य, पूजनीय, श्रद्धेय
|
साष्टाङ्ग, दण्डवत्,
प्रणाम, सेवा ढोग
आदि
|
हजुरको (कि) छोरी/छोरा, नाति/नातिनी,
पत्नी,
बुहारी आदि
|
आमा, हजुरबुबा,
सासू, माइजू आदि
|
पूज्य, पूजनीय, आदि
|
साष्टाङ्ग, दण्डवत्,
प्रणाम, सेवा ढोग
आदि
|
हजुरको (कि) छोरी/छोरा, नाति/नातिनी,
पत्नी,
बुहारी, ज्वाइँ, भान्जा, भान्जी आदि
|
दाजु, दिदी,
काका, काकी, ममा, गुरु, आदि
|
श्रद्धेय, आदरणीय आदि
|
प्रणाम, ढोग,
नमस्कार आदि
|
हजुरको, छोरा/छोरी,
नाति/नातिनी, भान्जी/भतिज, ज्वाइँ
शिष्य आदि
|
छोरा, छोरी,
भाइ, भतिज, बहिनी, भान्जा,
भान्जी आदि
|
प्रिय, प्यारो,
प्यारी आदि
|
आशीर्वाद, शुभाशिष, स्नेहाशीर्बाद, आसिस आदि
|
भलो,
चिताउने/माया गर्ने बाबु, आमा, दाजु,
दिदी, काका, मामा
आदि
|
पत्नी, साला-साली,
आदि
|
प्रिया, प्यारी,
प्रिय आदि
|
सुमधुर स्मृति, मीठो सम्झना
आदि
|
सधैँ माया गर्ने पति,
भिनाजु आदि
|
साथी, मित्र
|
प्रिय, ज्यू,
प्यारो, प्यारी आदि
|
नमस्ते, नमस्कार, सुमधुर
सम्झना आदि
|
हितैषी, शुभेच्छुक,
तपाइको शुभचिन्तक, तपाइको साथी, मित्र, आदि
|
घरायसी चिठीको संरचना
The layout of the letter in Nepali |
व्यक्तिगत तथा घरायसी चिठीको नमुना
‘धूम्रपानले लिन्छ ज्यान’ भन्ने
कुरामा प्रकाश पर्दै बारम्बार बिरामी भइरहनु आफ्ना बुबालाई चुरोटको अम्मल छोड्ने
अनुरोध गर्दै एक चिठी लेख्नुहोस् ।
हेटौँडा क्याम्पस, हेटौँडा
२०७६/०३/२०
पूज्य पिताज्यू,
सेवा ढोग ।
यहाँ मलाई सन्चै छ। त्यहाँ हजुरलगायत स्-परिवारमा स्वास्थ्य एवम् आरोग्यको
कामना गर्दछु। हजुरले पठाउनुभएको चिठी अस्ति १५ गते पाएँ। त्यहाँ अन्य सबै कुरा
राम्रो भए पनि हजुरको स्वास्थ्य कमजोर हुँदै गएको कुराले भने मलाई निकै चिन्तित
तुल्याएको छ।
बुबा! हजुर निकै समझदार र बुझेको हुनुहुन्छ। त्यसैले त् हजुरले आफू दिनभरि
हाड घोटी-घोटी मिहिनत गरेर भए पनि सहरमा मलाई लाग्ने पढाइ लेखाइको खर्च
धानिरहनुभएको छ। त्यस्तो विकट पहाडमा गरिबीसँग आफू रातदिन लडाइ गरीगरी सन्तानलाई
उच्च शिक्षा दिलाउने हजुरजस्तो पिता पाएकोमा म अति नै गर्वित छु। तर बुबा! तपाइले
निरन्तर धूम्रपान गरिरहेकोमा भने मलाई सार्है दुख लाग्छ। हेर्नुहोस् आज तपाई दम, खोकी, छाती दुख्ने, दाँत दुख्ने
जस्ता जुन रोगबाट पीडित हुनुहुन्छ त्यो सबै धूम्रपानकै असर हो। तपाइले थाहै छ, अस्ति भर्खर डाँडाघरे काका क्षयरोगकै कारण
बित्नुभयो। उहाँलाई धूम्रपानकै कारण क्षयरोग अलावा मुटु, कलेज, पेट तथा मुखसम्बन्धी अनेकौँ रोगहरू पनि
लग्न सक्छन्। त्यसैले धूम्रपान त्याग्न जरुरी छ। बुबा! अझै पनि हजुरले धूम्रपान
त्याग्नुभयो भने उपचार गर्न सजिलो हुन्छ। हेर्नुहोस् त, हजुरको रोगका कारण आमा र भाइबहिनीलाई कति पीडा
भएको होला? त्यसतर्फ पन हजुरले ध्यान दिनुपर्छ।
त्यसैले हजुरले आफ्नो लागि मात्र नभएर परिवारको लागि भए पनि धूम्रपान त्याग्नुपर्छ।
यहाँ
अरू सबै ठिकै छ। मेरो कक्षा परीक्षा सकिएपछि घर आउनछु। त्यतिखेरसम्म हजुरले
धूम्रपान त्यागिसक्नुहुनेछ भन्ने विश्वासका साथ अहिलेलाई बिदा हुन्छु।
हजुरको आज्ञाकारी पुत्र
राम लामा
प्रेषक |
प्रापक |
राम लामा
हेटौँडा क्याम्पस
हेटौँडा, नेपाल
|
मनोज लामा
हुम्ला-६
नेपाल
|
- व्यापारिक चिठी लेख्ने तरिका
व्यापारिक चिठीलाई व्यावसायिक चिठी
पनि भनिन्छ। कुनै पनि व्यापार तथा व्यवसाय गर्ने व्यक्ति वा संस्थाले अर्को
व्यापार व्यवसाय गर्ने व्यक्ति तथा संस्थालाई व्यापारिक कारोबारका विषयमा राख्ने चिठी
व्यापारिक चिठी हो। चिठी पठाउने संस्थाको ठेगाना चिठी लेखिने कागज कै सिरानमा
छापिएको हुने भएकोले यी चिठीमा पढाउने संस्थाको नाम लेखिन्छ।
व्यापारिक चिठीको संरचना
The layout of Busines Letter in Nepali |
व्यापारिक तथा व्यवसायिक चिठीको
नमुना
आफूलाई आवश्यक परेका पुस्तकहरू अभाव
भएको उल्लेख गर्दै ती पुस्तकको माग गरी साझा पुस्तक प्रकाशन, केन्द्रीय कार्यालयलाई एक व्यापारिक चिठी
लेख्नुहोस्.
मिति:२०७६/०३/२०
श्रीमान् व्यवस्थापकज्यू,
प्रजा प्रकाशन
ताहाचल, काठमाडौँ ।
विषय: पुस्तकहरू पढाइदिनेबारे.
महोदय,
त्यस प्रकाशनबाट देवी नेपालद्वारा लेखित माध्यामिक नेपाली व्याकरण र रचना
(कक्षा ९) भर्खरै प्रकाशित भएको थाहा हुन् आयो। एकजना शिक्षकले काठमाडौंबाट आउँदा
एकप्रति लिएर आउनुभएकाले सर्सर्ती हेर्ने मौका मिल्यो। उक्त किताब यहाँका पुस्तकपसलहरूमा
आइसकेको छैन। विद्यार्थीहरूलाई क्षमता वृद्धि गर्नमा अत्यन्त उपयोगी उक्त किताब
१०० प्रति तलको ठेगानामा पढाइदिनुहुन् अनुरोध गर्दछु। साथै उक्त किताबका लागि
पर्ने आवश्यक शुल्क र हुलाकखर्चसहित ड्राफ्टमार्फत् पढाएको कुरा पनि त्यसै पत्रबाट
जानकारी गराउन चाहन्छु।
भवदीय
राम लामा
प्रधानाध्यापक
श्री पशुपति शिशु सदन
हेटौँडा
खामको नमुना
प्रेषक
|
प्रापक
|
राम लामा
हेटौँडा क्याम्पस
हेटौँडा, नेपाल
|
मनोज लामा
हुम्ला-६
नेपाल
|
- कार्यालय चिठी लेख्ने तरिका
एउटा कार्यालयले अर्को कार्यालयलाई
वा व्यक्तिलाई लेख्ने चित नै कर्यालयीय चिठी हो। यो पनि अत्यन्त औपचारिक शैलीमा
लेखिन्छ।
कार्यालय चिठीको संरचना
कार्यालय चिठीको नमुना
(व्यक्तिलाई कार्यालयले लेखेको चिठी)
अक्तियार दुरुपयोग अनुसन्धान आयोग
काठमाडौं, नेपाल
मिति: २०७६/०३/२०
प. स. ०३/०७६
च. न. ३३/०७६
विषय: स्पष्टीकरणका लागि उपस्थित ।
श्री रमेश लामा
हेटौडा-४, मकवानपुर
महोदय,
उपर्युक्त सम्बन्धमा तपाइले आफू पदमा रहेको बेलामा विभिन्न शीर्षकमा धेरै
आर्थिक हिनामिना गर्नुभएको छ भन्ने यस आयोगमा उजुरी पर्न आएकोले आजका सात
दिनभित्रमा स्पष्टीकरणका लागि हो वा होइन भन्ने आवश्यक प्रमाणसहित यस कार्यालयमा
उपस्थित भइदिनुहुन् अनुरोध गरिन्छ।
.......................
अध्यक्ष
अक्तियार दुरुपयोग अनुसन्धान आयोग
खामको नमुना
प्रेषक
|
प्रापक
|
राम लामा
हेटौँडा क्याम्पस
हेटौँडा, नेपाल
|
मनोज लामा
हुम्ला-६
नेपाल
|
(मिति
२०७६/०३/२० को प. स. ०३ को पत्रबंदी खाम १)
|
Tags:
1. How to write a letter in Nepali.
2. Learn to write a letter in Nepali
3. Nepali letter layout.
4. Nepali letter sample.
5. Business letter sample in Nepali.
6. Letter sample in Nepali.
7. Types of letter in Nepali
******राम्रो लागेमा कमेन्ट गर्नुहोस्******
Why isn't it updated yet?
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteVary good
ReplyDeleteVary good
ReplyDeletePost a Comment