Followers

 तिम्ले गर्नै पर्छ 

                      --प्रदिप पराजुली
लोभ इर्ष्या तुच्छ कुरा सधैँ टाढा बस्नु
दुःख आउँदा तिम्रो अघि डटेर कम्मर कस्नु
पाइला पाइला दुख रुपी भुमरी छ यहाँ
संघर्ष नगरेरै संसारमा नाम पाइन्छ कहाँ
छनिक ती आनन्दलाई तिम्ले त्याग्नुपर्छ
डर  तिम्रो मनबाट टाढा भाग्नुपर्छ
पढ्ने लेख्ने उमेरमा तिम्ले पढ्नैपर्छ
दोधारे त्यो मनसँग तिम्ले लड्नैपर्छ
आमाबुबा, साथी, शिक्षक सबैलाई सहयोग गर
चार खम्बा यिनै हुन् है यिनकै भर पर
कलिला ती हातबाट सिर्जना नै फुलोस्
यस्ता कम गर तिमी जसलाई संसारले नभुलोस्
साना साना पाइँला तिम्रा सधै अघि बढोस्
सफलताका शिखरमा सधै तिम्रा पाइँला चलोस्
सोच्ने दृष्टि तिम्ले सधैँ उच्छ पार्नुपर्छ
मनभित्रको घमन्डलाई तिम्ले अब मर्नुपर्छ
हेर्ने तिम्रा आँखाले सबै बराबर देखून्
इतिहासमा पानाभरि तिम्रै नाम लेखून्
बोल्ने तिम्रो मुखबाट सधै बुद्धवाणी आओस्
तिम्रा पवित्र कर्मले नै संसारमा शान्ति छाओस्
सुन्ने तिम्र कानले सधै राम्रा कुरा सुन्नुपर्छ
देशका लागि विकासका माला तिम्ले उन्नुपर्छ
तिम्र मनभित्र यस्तो जागर पलाओस्
फुलै फुलको सुभासले तिम्रो जीवन मौलाओस्
अरु के नै गर्न सकँला र तिम्रो लागि अब
एक पाइला अघि हुन्छ तिम्लाई समस्या आउँदा जब ।

Tags:

1. New poem in Nepali Language
2. Poem in Nepali Language
3. Chhanda Poem in Nepali Language
4. Poem in Chhanda in Nepali Lanuage.
5. How to write chhanda poem
6. Chhanda poem
7.छन्दमा लेखिएको कविता
8. कविता छन्द
9. Aim poem in Nepali
9. bidhyarthi poem in Nepali langauge.
10. Nepali poem
11. Chhanda parichay


Post a Comment

Previous Post Next Post