वीर पुर्खा
४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस्। प्रश्नहरुः
(क) माथिको कवितांशमा हाम्रा पुर्खाहरुका वारेमा के भनिएको छ ?
उत्तरः यस कवितांशमा अदम्य साहस र वहादुरीका साथ वीरता प्रदर्शन गरी वीर गोर्खालीका रुपमा विश्व प्रशंसित हाम्रा पुर्खाहरुको वीरताको यशोगान गाइएको छ । पुर्खाहरु ऐतिहासिक कालखण्डमा नालापानीमा अङ्ग्रेजसँग लड्दा होस् वा तिब्बतीसँग डिगर्चामा लड्दा होस् वैरीसँग अदम्य साहसका साथ लडेका थिए |। कहिल्यै वैरीसामु घुणा टेकेनन् न त लोभ लालचमा परेर नै स्वाभिमान गुमाएका थिए। पुर्खाकै त्याग बलिदानले नै नेपाल कहिल्यै पराधीन हुनुपरेन । नेपालको सार्वभौमिकता सधैं अखण्ड नै रह्यो । नेपालको सीमा विस्तार गर्ने क्रममा बेत्रावती नदी किनार हुँदै तिब्बतीसँग युद्ध लडेका पुर्खाले विजय प्राप्त गरेका |थिए । जहाँ पुर्खाहरुको डोब अथवा चिनो अझै हुन सक्छ । नालापानीमा अङ्ग्रेजसँग युद्ध लडेका पुर्खाहरुलाई अङ्ग्रेजले जित्न नसकेपछि मितेरी लगाई सन्धिमा बाँधेका थिए जुन पुर्खाको हार नभएर जित नै थियो भनी हाम्रा वीर पुर्खाहरु विश्व प्रशंसित, वीर, बहादुर, नीडर एवं अदम्य साहस, त्याग, बलिदान, वीरता, शूरताले युक्त थिए भनिएको छ ।
(ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौ ?
उत्तरः सुन्दर, शान्त, विशाल, अखण्ड, सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल वीर पुर्खाहरुको त्याग, तपस्या, वलिदान एवं रगत र पसिनाले आर्जेको मुलुक हो । तिनै पुर्खाको त्याग र वलिदानले नै हामी नेपाली बन्न र भन्न पाएका छौं। हामीले पुर्खाले रचेको स्वर्णीम इतिहासलाई मनन गरी पुर्खाले देखाएको वीर गोर्खालीको पदचापलाईह अनुशरण गर्नुपर्छ । राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठान्नुपर्छ । वीर पुर्खाहरुप्रतिको कर्तन्यवोध गर्नुपर्छ । पुर्खाले देखेका सपना साकार पार्न आवश्यक परेमा जन्मभूमिको रक्षार्थ प्राण उत्सर्ग गर्न सक्नुपर्छ । मातृभूमिको सिमा रक्षार्थ लड्नुपर्छ । पुर्खाले देखाएको राष्ट्रिय मार्ग अवलम्वन गर्नुपर्छ । इतिहास मनन गरी राष्ट्र निर्माणमा जुट्नुपर्छ । राष्ट्रियतालाई बन्धक बनाई कहिल्यै बैरीसामु आत्मसमर्पण गर्नुहुन्न। नेपालै नरहे नेपाली रहन सक्दैनौँ भन्ने हेक्का राखी सच्चा देशभक्त बनेमा हामीले हाम्रा पुर्खाको गौरव जोगाउन सक्छौं ।
(ग) सागर तरी संसारभरि वीर गोर्खा रगत बग्गयो । यस कथनको तात्पर्य के हो ? उत्तरः अदम्य साहस भएका वीर गोर्खालीहरुलाई ऐतिहासिक कालखण्डमा कुनै पनि विश्वको तागतले परास्त गर्न नसकेको तर सन्धि र सम्झौता गरी मित्रताको बन्धनले बाँधी सम्झौता बमोजिम जितेको भूमि फिर्ता गर्नु परेको थियो जुन हार भने कदापि होइन, यदि लडाईँ नै भएको भए पनि गोर्खालीले पराजय कदापि भोग्नुपर्ने थिएन भनी कविले सुगौली सन्धिको सङ्केत गरेका छन् । सुगौली सन्धिकै मर्मअनुसार नेपाली युवाहरु ब्रिटिस सेनामा भर्ती हुने गरेकोरे र बेलायत सरकारले खटाएअनुसार समुद्र पार गरी विभिन्न देशमा गएर वहादुरी प्रदर्शन गरेका थिए । समुद्र तरेर संसारभरि वीर गोर्खालीको अदम्य साहस र बहादुरी प्रदर्शन गरी रगत र पसिना बगाई विश्वभर गोर्खालीको सान बढाएका थिए । प्रथम र दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी प्रदर्शन गरी भिक्टोरिया क्रस जस्तो बेलायतकै सबैभन्दा ठूलो उच्च सम्मान प्राप्त गरेका थिए । ऐतिहासिक कालखण्डमा वीर गोर्खालीहरु सात समुद्रपारि संसारभर जहाँ गए त्यहाँ अदम्य साहस, वीरता एवं बहादुरी देखाए प्राणको बाजी थापेर लडे, रगतको खोलो बगाए, कहिल्यै वैरीसामु घुँडा टेकेनन्, वीर गोर्खालीको बहादुरी प्रदर्शन गरे, विश्व प्रशंसित वीर गोर्खालीका रुपमा चिनिए भन्नु नै यस कथनको तात्पर्य हो ।
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
| (क) नेपालीहरुको कस्तो पौरखले नेपालकोने रचना भएको हो ?
उत्तरः आफ्नो न्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठान्ने देशभक्त नेपाली शूर वीरहरुको त्याग, तपस्या र वलिदानले गर्दा नै नेपालको रचना भएको हो । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मूल मन्त्र जपी राष्ट्रिय एकता, राष्ट्रिय अखण्डतालाई अक्षुण्य राख्न प्राणको वाजी थापेर लडे। विश्वको कुनै पनि तागतसँग छुँडा टेक्नन् , राज्यको सीमा विस्तार गर्न एवं सीमा रक्षार्थ पर्खाल वनेर खडा भए । वैदेशिक हस्तक्षेपका विरुद्ध गरुडको झ तिव्र वेगमा जाइ लागे। पुर्खाको तिव्र वेगलाई न पहाडले छेक्न सक्यो न आँधीले नै रोक्न सक्यो । विस्तारवाद र साम्राज्यवादका विरुद्ध आगो वनेर कुर्लिए । मातृभूमिको रक्षार्थ प्राणको वाजी थापेर लडे । सुन्दर शान्त विशाल नेपाल निर्माणका लागि सच्चा देशभक्त बने, प्राणको आहुति दिन पछि परेनन् । यसरी नेपालीहरुको देशभक्ति भावनाको पौरखले नेपालको रचना भएको हो ।
(ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ।
उत्तरः हाम्रा वीर पुर्खाहरुको वीरताको गौरवगान गाइएको यस कवितांशमा वीर पुर्खाहरुमा अमम्य साहस थियो । वीर पु्खाहरुमा शूरता, वीरता, वहादुरीपन, निडरतापन प्रवल थियो । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अविचलित भई वैरीका हाँक चुनौतीलाई निमिट्यान्न पार्ने सामर्थ्य थियो । विश्वको कुनै पनि तागतले रोक्न छेक्न सक्दैनथ्यो । कुनै पनि पहाडले, खोलाले पुर्खाको तुफानी वेगलाई छेक्न सकेन, आँधीले पुर्खाको यात्रा रोक्न सकेन । गरुडको वेगझ हावामा कावा खान सक्ने पुर्खालाई कुनै पनि विश्वको शक्तिले वाध्न सकेन । वीर पुरुषार्थी पौरखी पुर्खाकै देनका कारण नेपाल हिमाल, पहाड, तराईको भूवनोटमा सीमावद्ध हुन सकेको छ भनी पुर्खाको यशोगान गाइएको छ ।
६. वीर पुर्खा कविताको चौथो श्लोकलाई मुख्य आधार वनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) नेपालीहरुको वीरता कसरी गुञ्जिएको छ ?
उत्तरः नेपाली स्वर्णीम इतिहासका स्रप्टा विश्वप्रशंसित वीर गोर्खाली देशभक्त स्वाभिमानी नेपालीहरुले ऐतिहासिक कालखण्डमा नालापानीको युद्ध, भोटतिव्वतसँगको युद्ध एवं प्रथम र दोस्रो विश्वयुद्धमा देखाएको शूरता र वीरताले वीर गोर्खाली नेपाली विश्ववीर, साहसी, शूरवीर, निडर, पुरुषार्थी, बहादुरका रुपमा विश्वभर नेपालीको वीरता गुञ्जिएको छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मर्नदेखि नडराउने, वैरीसामु कहिल्यै नझुक्ने, प्राणको वाजी थापेर मृत्युसँग पौठेजोरी खेल्ने महान् योद्धा, लडाकू एवं वहादुर गोर्खालीका रुपमा नेपालीको वीरता गुञ्जिएको छ ।
(ख) चन्द्र सूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
उत्तरः राप्ट्रिय ध्वजा कुनै पनि देशको निशानी एवं पहिचान हो । हाम्रो देशको राष्ट्रिय झण्डामा राप्ट्रियता एवं जातीय स्वाभिमान प्रतिविम्वित भएको पाइन्छ । त्रिकोणात्मक आकारमा चन्द्र सूर्य अङ्कित झण्डा वैदिक विधिअनुसार पनि शुभसूचक भएको मानिन्छ । जवसम्म चन्द्र सूर्य आकाशमा रहिरहन्छन् तवसम्म नेपालको स्वतन्त्र अस्तित्व रहिरहनेछ । नेपाल स्वतन्त्र अखण्ड सार्वभौम देशको रुपमा अमरत्व पाइरहनेछ । झण्डामा रहेको रातो रङले वीरता एवं स्वतन्त्रतालाई सङ्केत गर्दछ भने निलो रङले शान्तिप्रिय नेपालीको स्वभावलाई बुझाउँछ । चन्द्र सूर्य झण्डामा राष्ट्रियताको वोधका साथै ऐतिहासिक परम्पराको गौरववोध गर्न सकिन्छ । पुर्खाको वलिदानीपूर्ण गौरवगाथा बोकेको ध्वजाको संरक्षणका लागि हामी सबै नेपाली देशभक्ति भावना उजागर गरी राष्ट्रिय कर्तन्य वोध गरी देशको भलाइमा समर्पित हुनुपर्छ ।
|७. दिइएको कवितांशको न्याख्या गर्नुहोस् गरुडको झे वेग तिम्रो कुन आकाशले वाँध्न सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
उत्तर : प्रस्तुत पर्याश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'वीर पुर्खा' शीर्षकको देशभक्ति भावनाले भरिएको कवितावाट उद्धृत गरिएको हो । यस कविताका रचयिता कवि वासुदेव त्रिपाठी हुन् । त्रिपाठी नेपाली समालोचनाका सम्राट, देशभक्त , मानवतावादी, प्रकृतिप्रेमी, भापा एवं संस्कृतिप्रेमी कवि हुन् । यस कवितामा नेपाल आमाका देशभक्त सपूत शूरवीर विश्वविजेता बहादुर वीर गोर्खाली नेपाली पुर्खाहरुको वीरताको गाथालाई मर्मस्पर्शी रुपमा सुन्दर चित्रण गरिएको छ । प्रस्तुत कवितांश वीरहरुको यशोगान गाउने ऋ्रममा आएको हो । पुर्खाको योगदानले नै पहाड़ तराई सिमावद्ध नेपाल रचिएको भाव उक्त हरफमा पाइन्छ ।
वीर पुर्खा कवितामा विश्वमा नेपाललाई वीर गोर्खाली लडाकुको देश भनेर चिनाउने नेपाल आमाका महान् देशभक्त सपूतहरुको त्याग, तपस्या र बलिदानको यशोगान गाइएको छ । नेपाली वीर वीराड़नाहरुको वीरताको मुक्त कण्ठले राष्ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ । ऐतिहासिक काल खण्डमा बाइसे चौबिसे राज्य रजौटाहरुमा विभक्त नेपाललाई एकताको मालामा उनी सुन्दर, शान्त र विशाल राष्ट नेपालका निर्माता नेपाली वीर पु्खाहरुको गौरवगाथा गाइएको यस कवितामा वीर पुर्खाहरुले वैदेशिक हस्तक्षेपका विरुद्ध ज्यानको वाजी थापी राष्ट र राप्टियतालाई प्राणभन्दा प्यारो ठानी देखाएको शूरता र वीरताको गाथालाई मुक्त कण्ठले गुणगान गाइएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान शुरु गरेपछि सीमा विस्तार गरी विशाल नेपालको निर्माणका ऋ्रममा पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म नेपालको राष्ट्रिय ध्वजा गाडेका थिए । नालापानीको खलड़ामा नेपाल र अड़ेजवीचमा युद्ध हुँदा विश्वप्रशंसित वीर पुर्खा अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुरवैर आदिले देखाएको अदम्य साहस एवं वहादुरीपन इतिहासको स्वर्णीम पानामा चम्किला अक्षरले सजिएको छ । वीर पुर्खाहरुले दुस्मनको किल्लामा आक्रमण गर्दा वैरीसामु लड्दाभिङ्दा देखाएको अदम्य साहसलाई , त्यो तुफानी गतिलाई विश्वको कुनै पनि तागतले रोक्न, छेक्न सकेन । वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको सामु घुँडा टेक्यो । हावामा कावा खाने गरुडको जस्तो उड्न सक्ने गति भएका शूर, वीर | विश्वको शक्तिले नियन्त्रण गर्न सकेन । वीर पुर्खाहरुले अदम्य साहस र पौरखले नै पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म अनि हिमाल, पहाड र तराईलाई समेटेर सुन्दर, शान्त, विशाल राष्ट्र नेपाल रच्न सफल भएका थिए भन्ने कविको विचार प्रकट भएको छ । यसरी प्रतुत कवितामा वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको सामु घुँडा टेक्यो । पौरखी पुर्खाहरुको योगदानले नै पहाड तराई जोडिएको सुन्दर देश नेपाल रचिएको हो । झ्याउरे लयमा संरचित देशभक्ति भावनाले भरिएको यस कविताले हामी सबैलाई सच्चा देशभक्त बन्ने प्रेरणा मिल्दछ । हादुर गोर्खालीको वेगलाई कुनै पनि आकाशको तागतले वा वीर पुर्खा कवितामा विश्वमा नेपाललाई वीर गोर्खाली लडाकुको देश भनेर चिनाउने नेपाल आमाका महान् देशभक्त सपूतहरुको त्याग, तपस्या र बलिदानको यशोगान गाइएको छ । नेपाली वीर वीराड़नाहरुको वीरताको मुक्त कण्ठले राष्ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ । ऐतिहासिक काल खण्डमा बाइसे चौबिसे राज्य रजौटाहरुमा विभक्त नेपाललाई एकताको मालामा उनी सुन्दर, शान्त र विशाल राष्ट नेपालका निर्माता नेपाली वीर पु्खाहरुको गौरवगाथा गाइएको यस कवितामा वीर पुर्खाहरुले वैदेशिक हस्तक्षेपका विरुद्ध ज्यानको वाजी थापी राष्ट र राप्टियतालाई प्राणभन्दा प्यारो ठानी देखाएको शूरता र वीरताको गाथालाई मुक्त कण्ठले गुणगान गाइएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान शुरु गरेपछि सीमा विस्तार गरी विशाल नेपालको निर्माणका ऋ्रममा पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म नेपालको राष्ट्रिय ध्वजा गाडेका थिए । नालापानीको खलड़ामा नेपाल र अड़ेजवीचमा युद्ध हुँदा विश्वप्रशंसित वीर पुर्खा अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुरवैर आदिले देखाएको अदम्य साहस एवं वहादुरीपन इतिहासको स्वर्णीम पानामा चम्किला अक्षरले सजिएको छ । वीर पुर्खाहरुले दुस्मनको किल्लामा आक्रमण गर्दा वैरीसामु लड्दाभिङ्दा देखाएको अदम्य साहसलाई , त्यो तुफानी गतिलाई विश्वको कुनै पनि तागतले रोक्न, छेक्न सकेन । वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको सामु घुँडा टेक्यो । हावामा कावा खाने गरुडको जस्तो उड्न सक्ने गति भएका शूर, वीर | विश्वको शक्तिले नियन्त्रण गर्न सकेन । वीर पुर्खाहरुले अदम्य साहस र पौरखले नै पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म अनि हिमाल, पहाड र तराईलाई समेटेर सुन्दर, शान्त, विशाल राष्ट्र नेपाल रच्न सफल भएका थिए भन्ने कविको विचार प्रकट भएको छ । यसरी प्रतुत कवितामा वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको सामु घुँडा टेक्यो । पौरखी पुर्खाहरुको योगदानले नै पहाड तराई जोडिएको सुन्दर देश नेपाल रचिएको हो । झ्याउरे लयमा संरचित देशभक्ति भावनाले भरिएको यस कविताले हामी सबैलाई सच्चा देशभक्त बन्ने प्रेरणा मिल्दछ ।
९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुंदाहरु टिप्नुहोस् ।
उत्तर : मुख्य मुख्य बुँदाहरुः
१. इतिहासलाई साहित्यिक रुप दिँदा ऐतिहासिक पक्ष कमजोर हुनु,
२. ग्रिक विद्वान् हेरोडोटसले सुरु गरेको साहित्यइतर सिद्धान्तका रुपमा इतिहासलाई अन्य विद्वान्ले पनि पछ्याउनु।
३. अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तन माने पनि मध्यकालमा युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन गर्नु,
४. सोरौँ सत्रौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउने प्रयास गर्नु,
५. आधुनिक युगमा वैज्ञानिक पद्धतिको विकाससँगै इतिहास छुट्टै विधाका रुपमा स्थापित हुनु ।
१०. दिइएका अनुच्छेद पढी सोधिएका प्रश्नहरुको जवाफ दिनुहोस् प्रश्नहरुः
(क) भापा भनेको के हो ? उत्तरः भाषा भनेको यादृच्छिक वाक्प्रतीकहरुको त्यो न्यवस्था हो, जसका सहायताले समाजका न्यक्तिहरु आफ्नो विचार विनिमय गर्दछन् ख) मापाका विशेषताहरु बताउनुहोस् । उत्तर : यादृच्छठिकता, सिर्जनात्मकता, दैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता, परिवर्तनशीलता, सामाजिक आर्जित सम्पत्ति आदि भाषाका विशेपताहरु हुन् । (ग) वाक्प्रतीक र यादृच्छिक शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् । उत्तर : वाक्प्रतीकः ध्वनी चिह्न भापा वाकप्रतीकहरुको न्यवस्था हो, जसको प्रयोग गरी हामी विचार विनिमय गर्दछौं । यादृच्छिकः स्वेच्छिक वा मानिएको भापा यादृच्छिक भएकाले पानीलाई संस्कृतमा जल, अंग्रेजीमा बाटर, फारसीमा आव, रुसीमा वढा भनिन्छ । (घ) भाषा यादृच्छिक वाक्प्रतीकहरुको न्यवस्था हो त्यसैले यसको सहायताले समाजका न्यक्तिहरु आफ्नो विचार विनिमय वस्तु, गर्दछन् ।
Tags:
1. Bir purkha question and answers
2. Bir purkha class 11 Nepali notes.
3. Class 11 bir purkha lesson notes.
4. Class 11 Nepali Bir Purkha Kawita Question and Answer Nepali Notes
5. Nepali notes class 11 lesson 1
6. Bir purkha prasna uttar nepali class 11
class 11 all questions answer
ReplyDeletePost a Comment