परीक्षाको तयारी
कसरी लेख्ने :-
संवाद लेख्दा हामीले पहिला सुरुमा घटना क्रमको बारेमा () यसको भित्र लेख्दा राम्रो हुन्छ. त्यसपछि पत्रहरु छनौट गरेर यसको सुरुवात गरिन्छ.
(राम र श्याम मिल्ने साथी थियो। स्कुल छुट्टी भएपछि राम र
श्याम बाटोमा आइरहेका हुन्छन। श्याम एकदमै चिन्तित हुन्छ
किनभने उसले परिक्षाको तयारी गरेको हुदैंन र ती दुबैको कुराकानी यसरी सुरूभयो।)
राम : के भयो श्याम ? तिमीलाई केही
समस्या परेको छ।
श्याम : (गम्भीर भएर) हो,एउटा ठुलो
समस्या आइपुग्यो।
राम : समस्या चाहिँ
के हो ?
श्याम : हेर न् साथी
परीक्षा नजिकै आइपुग्यो तर मैले परीक्षाको तयारी गरेको छैन। (रुन थाल्छ)
राम : तिमी चिन्ता
नगर। तिमी मेरो घर हिड् र म तिमीलाई सहायता गरिदिन्छु।
श्याम : धन्यवाद राम।
(दुवै घर पुगेपछि पढाइ सुरु गर्न थाल्छ)
राम : श्याम
सर्यप्रथम हामीले कापीमा भएको प्रश्न र उत्तर पढौं र एकछिन् पछि त्यसलाई नहेरीकन लेखन् प्रयास
गरौं। यसरी हामी चाडैं याद गर्न सक्छौं।
श्याम :ल,ल गरौ न् त !
(यसरी पढ्दापढ्दैं दुई घण्टा बित्यो )
राम : (खुशी हुदैं ) अब हामीले भोलि
हुने परीक्षाको तयारी गरिसक्यौं। तर एउटा कुरा याद राख हामीले परीक्षाकोलागि मात्र पढ्नु
हुदैंन। हामीले हरेक दिन
परीक्षा जस्तै मानेर सबै विषयको समय अनुसुार पढ्नुपर्छ।
श्याम : म आफ्नो
गल्तिको पछुतो गर्दछु। अब देखि म हरेक दिन मन लगाएर पढ्छु। परीक्षाको सम्झनामा बस्दिन्।
( त्यहि दिन देखि ऊ राम्रोसंग पढ्न
थाल्छ र परीक्षामा राम्रो अङ्क ल्याउछन्। )
यदि तपाईंलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Post a Comment