Followers


आमाको माया थाहा नपाएको केटो
एकादेशमा एउटा गाउ थियो। त्यो गाउँको नम धरमपुर थियो। त्यहाँ  सुन्तिली पनि बस्थिन्। उनि सुत्केरी भएकी थिएन। उनका पतिको ठूलो आँपको बगैँचा थियो। उनीहरूले त्यही आँप बेचेर आँपको पैसाले अलि अलि खाना खाई पेट पाल्थ्यो।
एकछिन सन्तलीलाई धेरै पेट दुख्यो। गाउँमा केटी डाक्टर साहेब पनि आउनुभएको थियो। त्यसैले सुन्तलीलाई त्यही डाक्टरका उपचार गराउन लागे। डाक्टरले  सुन्तलीलाई तपाई आमा बन्नुभएको छ  भनेर  भनिन र एउटा सानो कोठामा उनलाई लगेर उपचार गर्न थालिन।

बाहिर गाउँलेहरू बसिरहेका थिए। बाहिर बसिरहेको बेला कोठा भित्रबाट एउटा सानो जन्मिएको बाचाको रुने आवाज आयो। गाउँलेहरू नाच्दै उत्सव मनाउन थाले। सुन्तलीलाई होस् आयो र उनि धेरै खुसी भइन। उनले त्यो बच्चाको नाम सुर्य राखिन तर नाम राख्ने वित्तकै त्यहाँ एउटा विशाल साँप आयो र सबैलाई मर्न थाल्यो। सुन्तली आफ्नो बच्चा लिएर त्यहाँबाट भागिन र घरतिर पुगिन  तर घर  पुगेपछि फेरी नराम्रो खबर आयो। सुन्ताल्को पति बगैँचामा बसिरहेको बेलामा त्यहाँ डडेलो लगेर उहाको मृत्यु भयो। सुन्तली रुन, कराउन र चिच्याउन थाले तर गाउलेहरुले यो  बच्चा त्यहाँ  बस्नपाउदैन भनेर भन्न थाले। गाउलेहरुले सुन्तली र उनको बच्चालाई गाउँबाट निकालेरै  छाडे। सुन्तली त्यो गाउ छोडेर एउटा ठूलो सहरमा पुगिन।

सहरमा  पुगेपछि अब के गर्ने होला भनेर सोचिन। उनले आफ्नो बच्चा भोकले  रोइको देखिन। उनीसँग अलिकति पैसा थियो र त्यही पैसाले उनले दूध  ख्याइन। त्यसपछि अलि अगाडि जाँदा नृत्य सिकाउने ठाउँ देखिन र त्यहाँ गएर सिक्न थालिन। धेरै दिनपछि उनले नृत्य प्रतियोगितामा भाग लिइन र प्रथम भएर चार हजार पुरस्कार पाइन। त्यही चार हजारले उनले आफ्नो छोराको लागि उ किनिन र कनेकुराहरु पनि किनिन। केही वर्षपछि उनको छोरा सुर्य १० वर्षको भयो। उ सधैँ स्कूलको झ्यालमा गएर पढेको हेरि रहन्थ्यो र त्यसरी नै उसले पढ्न सिक्यो। एक दिन उ झ्यालबाट हेरिरहेको बेलामा  एउटा शिक्षकले उनलाई देखे। उनले सूर्यलाई अंग्रजीमा प्रश्न सोधे र सुर्यले अंग्रजीमै उत्तर भन्यो। त्यसपछि त्यो शिक्षकले १० कक्षाको गणित विषयको सबैभन्दा  गार्हो प्रश्न सोधे तर सुर्यले १ मिनटमै  त्यसको उत्तर दियो। शिक्षक अचम्म भए। उनले तिमि भोलिबाट विद्यालय आउनु भनेर भने। सुर्य आमा भएको ठाउमा गयो र सबै  कुरा भन्यो। सुन्तलीले आफ्नो राम्रा राम्रा कपडा बेचेर फाटेको कपडा लगाई। कपडा बेचेको पैसाले सूर्यलाई विद्यालयको कपडा किनेर उसलाई दिइन। बिस्तारै बिस्तारै उ ठूलो मान्छे हुँदै गयो। सुर्य सधैँ विद्यालयमा  प्रथम हुन्थ्यो। त्यसैले विद्यालयले उसलाई इन्जिनियर पठाउन अर्को  सहर पठाउन सलह गरे।  सुर्य आफ्नो आमालाई धेरै  माया  गर्थ्यो। उ आमालाई नछोड्ने विचारमा थियो तर  उसको आमाले अर्को सहर पढ्नको लागी भनिन। 

पाँच वर्षपछि त्यो सहरमा एउटा गाडी  आयो। सबै जना छक्क  परे। गाडीबाट सुर्य पो आएछन्।  सुर्य आफ्नो आमालाई लीन आएको रहेछ। सुर्य  इन्जिनियर भएको खबर सुन्दा सुन्तली धेरै खुसी भइन। सुर्यले आफ्नो आमालाई उसकै सहर लग्यो। त्यो रत उ आमाको कोठामा गयो र सोध्यो “आमा तपाइले मलाई बच्चादेखि कति पैसा मेरो लागि लगाउनु भएको छ म सबै हजुरलाई दिन्छु” भनेर भन्यो। सुन्तली हौसिन र ठूलो  ढुंगा आफ्नो चोरको पेटमा राखि दिइन। सुर्यले के गरेको भनेर सोध्यो र बल्लतल्ल ढुंगा बोकेर फल्थ्यो। सुन्तली हाँस्दै भनिन “ तैले यो ढुंगा  पेटमा राख्न त् सकिनस् मैले तलाई नौ महिना पेटमा राखे” भनेर भनिन। सुर्य सुत्न खोज्यो फेरी सुन्तलीले एउटा चक्कु ल्याइन र सुर्यको पेट विस्तारै घोचि दिइन। सुर्य  झ्याप्प उठ्यो र “ऐया ऐया” भन्न थाल्यो र सुन्तलीले “तैले यति सहन सकिनस्  मैले त् पेट चिरेर तलाई जन्माएको थिए” भनेर भनिन। सुर्यको आँखाबाट आशु  आयो र माफी माग्यो। त्यो दिनपछि सुन्तली र उनको छोरा सुर्य सँगै बस्न थाल्यो।

संदेश- हामीले आफ्नो आमाको कदर गर्नुपर्छ र आमाको मायालाई कहिले पनि जोख्नु हुँदैन।



2 Comments

Post a Comment

Previous Post Next Post