पत्रपत्रिकाको महत्त्व
आधुनिक युगमा पत्रपत्रिकाले खेल्ने भूमिका ज्यादै प्रभावकारी
देखिन्छ. अहिले पत्रपत्रिका विना कुनै पनि क्षेत्रको विकास हुन् सम्भव छैन.
त्यसैले हरेक क्षेत्रको विकासका लागि
मानिसले पत्रपत्रिका नपढी हुँदैन. पत्रपत्रिकाहरू मानिसका लागि ज्ञान आर्जन गर्ने भरपर्दो
स्रोत पनि हुन्. अहिलेको युगमा पत्रपत्रिका नपढ्ने मानिसले केही पनि जानेको हुँदैन
र उ देश-विदेशमा भइरहेका गतिविधिबारे अनभिज्ञ नै रहन्छ. त्यसैले पत्रपत्रिकाहरू
पढ्नु मानिसको राम्रो बानी हो र यस्तो बानीले यसलाई सधैँ फाइदा नै हुन्छ.
पत्रपत्रिकाहरू सञ्चारका भरपर्दो साधन हुन्. चिनीहरूले विश्वको कुनै
एक कुनामा घटेको नयाँ-नयाँ घटनाको विवरण विश्वभरि नै फिँजाउने कम गर्दछ. पत्रपत्रिकाहरूले
विभिन्न सामग्रीहरू छापेर देश विकासको
कार्यमा ठूलो टेवा पुर्याएका हुन्छन्. अहिलेको युगमा पत्रपत्रिका विना व्यक्ति,
समाज तथा राष्ट्रको उन्नति हुने सक्दैन. पत्रपत्रिकालाई देश विकासको चौथो अङ्ग पनि
भनिन्छ.
पत्रपत्रिकाहरू विविध सामग्रीले भरिएको पोका हुन्. राष्ट्रिय तथा अन्तरराष्ट्रिय
क्षेत्रका हरेक पक्षलाई चिनीहरूले समेटेका हुन्छन्. यिनमा देश-विदेशका राजनैतिक गतिविधि
खेलकुद, आर्थिक गतिविधि, कृषि र उद्योग-व्यवसाय तथा व्यापार, धर्म संस्कृति,
इतिहास आदि हरेक विषयलाई समेट्ने खेलको सामग्रीहरू
छापिएका हुन्छन्. यी विभिन्न विषयमा
जानकारी हासिल गरेर हरेक क्षेत्रमा अगि
बढ्न सजिलो हुने भएकोले आधुनिक युगमा पत्रपत्रिकाको ठूलो योगदान रहेको छ.
अहिलेको युग भनेको प्रतिस्पर्धाको युग हो. आज विश्वमै औद्योगिक
विकासको गति तीव्र रूपमा बढिरहेको छ. विभिन्न उद्योगहरूले आफ्ना उत्पादनहरू बजारमा
ल्याइरहेका छन्. विज्ञापन वा प्रचार-प्रसार नभई कुनै पनि वस्तुले बजार पाउन
सक्दैन, त्यसैले औद्योगिक उत्पादनहरूको प्रचार-प्रसार खुब गर्नुपर्छ.
हाम्रो देशमा विभिन्न किसिमका पत्रपत्रिकाहरू प्रकाशित हुन्छन्.
काठमाडौंबाट दैनिक रूपमा प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रिकाहरूमा गोरखापत्र,
कान्तिपुर, नेपाल समाचारपत्र, आदि प्रमुख पत्रिकाहरू छन्. यीमध्ये गोरखापत्र
नेपालको सबभन्दा पुरानो पत्रिका हो.
पत्रपत्रिका पढ्दा धेरै फाइदा
हुने भए तापनि हामीले समयको वास्तै नगरी यसमा एकोहोरिएर लाग्दैन. समय मिलाएर
पत्रिका पढ्ने बानी बसाउनुपर्छ. दैनिक रूपमा गर्नुपर्ने कामलाई पन्छाएर खालि
पत्रिका पढ्नु राम्रो होइन. फाल्तू समयमा मात्र पत्रिका पढेर समयको सदुपयोग गर्ने
मानिस नै बुद्धिमानी ठहरिन्छ.
आधुनिक युगमा व्यक्ति, समाज तथा राष्ट्रको उन्नति हुनका लागि सञ्चारका
माध्यमले अहम् भूमिका खेलेको छ. पत्रपत्रिकाको अभावमा व्यक्ति तथा राष्ट्रले राजनीति,
खेलकुद, कृषि र अन्य कुराहरू थाहा पाउन सक्दैन.
This was really helpful,thank you so much
ReplyDeleteThanks for me
ReplyDeleteAnd you
ReplyDeleteit is helpful
ReplyDeletePost a Comment