नेपाल
नेपाल
प्यारो र पवित्र देश
सौन्दर्य
धारा बहने अशेष।
सङ्गीतको
मूल फुटी विशाल
छल्की
रहे झैँ लयबदय छाल।
पाना
खुला पर्वत पत्रपत्र
छन्
वर्ण झैँ वृक्ष लता विचित्र
खोला
चराको ध्वनि गुह्य मन्त्र
नेपाल
सङ्गै बहुमूल्य तन्त्र।
नयाँ
नयाँ जीत अनेक जोड्दै
यो देशको
इज्जत मान थप्दै
ज्यामी, सिपाही र किसान सारा
छन्
आज हाम्रा बलियो सहारा।
यो
देशको सिर्जनाको निमित्त
पुर्खाहरूको
पसिना र रक्त
हाम्रो
बहेको छ नसा नासामा
डोर्याउँदै
स्वर्ग छुने दिशामा।
विपत्ति
पर्दा पनि हाँसीहाँसी
तयार
भैँ चढ्न समेत फाँसी
बाचे
बचाए र रमे रमाए
सङ्घर्षले
यो मुलुकै जगाए।
No
ReplyDeleteIt's not coming
ReplyDeletePost a Comment