मिति: २०७५/१२/१२
श्रीमान
प्रधानाध्यापक,
आदर्श
उच्च माध्यामिक विद्यालय,
दिगामकोट, गुल्मी ।
विषय: सिफारिस पाऊँ ।
महोदय,
प्रस्तुत
विषयमा गोरखापत्रमा प्रकाशित सूचना अनुसार यही माघ १६ गते राष्ट्रिय स्तरको कविता
प्रतियोगिता सम्पन्न हुन् लागेको कुरा थाहा भयो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा
अविस्मरणीय योगदान दिएका सहिहरूको सम्मानमा सो कार्यक्रम आयोजन गरिएको रहेछ। विद्यालय
तहका विद्यार्थीहरूको बीचमा हुने उक्त प्रतियोगिताको आयोजन नेपाल प्रज्ञा
प्रतिष्ठान, कमलादी, काठमाडौंले गरेको रहेछ। त्यस
प्रतियोगितामा सहभागी हुनका लागि आफूले पद्दै गरेको विद्यालयको सिफारिस आवश्यक
पर्दो रहेछ।
म त्यस विद्यालयकी एक मेहनती छात्रा , जेहनदार
तथा नियमित हु। मैले त्यस विद्यालयद्यरा सञ्चालित विविध अतिरिक्त क्रियाकलापमा
सहभागी भई पुरस्कार पनि प्राप्त गर्दै आइरहेकी छु। विगतमा जिल्ला शिक्षा
कार्यालयले आयोजन गरेको जिल्ला स्तरीय कविता प्रतियोगिता समेत प्रथम भइसकेको छु।
यसका साथै क्षेत्रीय स्तरको कविता प्रतियोगितामा पनि प्रथम स्थान प्राप्त गरेको
कुरा यहाँलाई अवगत नै छ।
अतः: राष्ट्रिय स्तरको कविता प्रतियोगितामा पनि सहभागी भएर आफ्नो
प्रतिभा प्रस्तुत गर्ने मेरो इच्छा छ। यस विद्यालयको विद्यार्थीका रूपमा सहभागी
भएर पुरस्कार प्राप्त गर्न सकेमा विद्यालयका लागि पनि गौरवको विषय हुने छ। त्यसैले उक्त प्रतियोगितामा
सहभागी हुनका लागि विद्यालय तर्फबाट सिफारिस गरिदिनुहुन श्रीमान समक्ष विनम्र
अनुरोध गर्दछ।
आज्ञाकारी
छात्रा
सीता
न्यौपाने
कक्षा:८
घरमा बिजुली लाइन जडान गरिदिने बारे
ReplyDeletePost a Comment