Followers

नेपाली भाषा (मातृभाषामा निबन्ध)

नेपाली भाषा नेपालको प्रमुख भाषा हो। यो बहुसङ्ख्यक नेपालीहरूले बोल्ने भाषा हो। हुन् त् नेपालमा अरू थुप्रै भाषाहरू बोलिन्छन् तर सम्पूर्ण नेपालीहरूका बीचमा सम्पर्क कायम गर्ने भाषामा रूपमा नेपाली भाषा नै रहेको छ। नेपाली बहसले पनि सम्पूर्ण नेपाली जनतालाई एकताको मालामा उनेकाले हामी सबैका निम्ति नेपाली बहसको ठूलो महत्त्व रहेको छ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो। नेपाल अधिराज्यको संविधानले नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा मान्यता दिएको छ। नेपालको सम्पूर्ण जनसंख्याको ५०% भन्दा बढीले आफ्नो मातृभाषाका रूपमा नेपाली भाषा नै बोल्दछन्। नेपालका पहाडभित्रि मधेस् तथा तराई क्षेत्र गरी सबै क्षेत्रतिर नेपाली भाषा बोलिन्छ। नेपालमा नेवारीमागतामाङगुरुङ आदि फरक-फरक भाषालाई मातृभाषाका रूपमा बोल्नेहरु पनि परम्परामा नेपाली भाषामै बोल्ने गर्दछन्। त्यस्तै नेपालको सरकारी व्यवहार चलाइने भएकोले यो नेपालको राष्ट्रभाषाका रूपमा स्थापित भएको हो।

नेपाली भाषा साहित्यिक दृष्टिले पनि निकै धनी छ। यस भाषामा प्रशस्त साहित्यिक रचनाहरू रचिएका छन्। कविताकथाउपन्यासनाटकनिबन्ध आदि साहित्यिक हरेक विधामा नेपाली बहस मौलाएको छ। त्यसै गरी हिले नेपाली भाषामा चलचित्र बनाउने होडबाजी नै चलेको छ। नेपालका प्रमुख समाचारपत्रहरूको बिक्री-वितरण निकै हुने गरेको पाइन्छ। त्यसरी नेपाली भाषाले हरेक क्षेत्रमा प्रगति गर्न सकेको  छ।

नेपाली भाषाका बारेमा नेपाली विद्वान्हरूका अतिरिक्त विदेशी विद्वान्हरूले नेपाली भाषाका बारेमा गहिरो अध्ययन तथा अनुशासन गरी गहकिला पुस्तकहरू लेखेका छन्। सर्वप्रथम नेपाली भाषाको व्याकरण लेख्ने विद्वान् एउटा विदेश नै हुन्। विदेशी विद्वान्हरूको चासोको विषय बन्नु नेपाली भाषाको ठूलै उपलब्धि हो।

वास्तवमा भन्ने हो भने नेपाली भाषा सम्पूर्ण नेपालीहरूको आत्मा होढुकढुकी हो। बहुसङ्ख्यक मातृभाषाका रूपमा बोल्ने यस भाषालाई अरू नै भाषालाई मातृभाषाका रूपमा बोल्नेहरु पनि दोस्रो भाषाका रूपमा बोल्दछन्। यो सारा नेपालीहरूले आफ्ना मनमा लागेका कुराहरू अरूलाई बताउने मध्यम भाषाका रूपमा पनि रहेको छ। यस कारण सम्पूर्ण नेपालीहरूले नेपाली भाषालाई निकै माया गर्दछन्।

Some Tags:

essay on nepali bhasa, nepali bhasa essay in nepali, essay on nepali language in nepali, nepali language essay, matrubhasa essay in nepali, नेपाली भाषाको बारेमा निबन्ध, नेपाली भाषा

5 Comments

  1. Well done today is my presentation

    ReplyDelete
  2. Good essay can you write about मेरो मातृभाषा मेरो पहिचान।

    ReplyDelete

Post a Comment

Previous Post Next Post