हामी हौ नेपाली
हामी हौं नेपाली यस देशका गोर्खाली
नेपाललाई चिनाउने हामी हौं नेपाली
कहिले पछाडी नहटी, हामी गर्छौ कर्म
सबै मिलिजुली बस्ने, हामो राम्रो धर्म।
एकातिर पहाड छ
भने अर्कोतिर तराई
कोही छैन यहाँ
एकअर्का संग पराई
एकतामा बस्ने
नेपालीको पहिचान
सुन्दरताले
भरेको छ यहाको मुहान।
धनी वा गरिब यहाँ कोही छैनन् महान
सबैलाई मदत गर्ने यहाँ छन् जवान
हामी हौं नेपाली यस देशका गोर्खाली
नेपाललाई चिनाउने हामी हौं नेपाली ।
दुईदुई बुन्द
मिलेर बन्छन् समुन्द्र
मायाको
ज्योतिलाई चर्छन् यहाँ चन्द्र
भगवान झैँ
आमासंग हुन्छ यहाँ मिलन
सुखदुख बाट्ने यहाँको छ चलन ।
हामी हौ नेपाली
यस देशका गोर्खाली
नेपाललाई
चिनाउन हामी हौं नेपाली ।
यदि तपाइलाई अझै चाहियो भने कृपया comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Post a Comment